१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई वर्षमा १५ लाखभन्दा बढी बेरोजगार सूचीकृत, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत समेटिने



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशभरका बेरोजगारलाई लक्षित गर्दै सरकारले आन्तरिक रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको मौखिक जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँका अनुसार रोजगारीको हकसम्बन्धी नियमावली, २०७६ अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ९७ हजार ७२५ जना र आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्तिहरू सूचीकृत भएका छन् ।

उहाँले सूचीकृत बेरोजगार नागरिकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम र स्थानीय तहका रोजगारी कार्यक्रमा समेटिने कार्य भइरहेको बताउनु भयो । उहाँले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित र सुदृढ बनाउने लक्ष्यसहित ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको पनि बताउनु भयो । उहाँले रोजगारी दशकको सफल कार्यान्वयनका लागि नीति, रणनीति र कार्यक्रम समेत तय भइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘न्यूनतम रोजगार चाहाने बेरोजगार व्यक्तिले प्रत्येक वर्षको फागुन महिनामा अगाी आर्थिक वर्षको लागि सूचीमा सूचीकृत हुन निवेदन दिनुपर्ने  रोजगारीको हकसम्बन्धी नियमावली २०७६ को प्रावधानअनुरुप आर्थिक वर्ष २०८१÷८२ का लागि ७ लाख ९७ हजार ७ सय २५ जना र आर्थिक वर्ष २०८२÷८३को लागि ७ लाख ४५ हजार ४ सय ३५ जना सुचीकृत भएका छन् । यस्ता सूचीकृत भएका व्यत्तिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम एवं अन्य स्थानीय तहमा हुने कार्यक्रममार्फत परिचालन हुने रोजगारीमा समाहित गरी रोजगारीको अवसर प्रदान गरिँदै आएको छ । साथै आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने ध्येयका साथ अगामी दशलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा मनाउने समेत सरकारले घोषणा गरी कार्यन्वयनको लागि आवश्यक नीति, रणनीति र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने प्रतिवद्धता साथ राष्ट्रिय तथा रोजगार सम्मेलनबाट १६ बुँदे घोषणा तय गरेको छ ।’

उहाँले राष्ट्रिय रोजगार सम्मेलनमार्फत १६ बुँदे घोषणा पनि गरिएको उल्लेख गर्दै त्यसले मुलुकमा  रोजगारी सृजना र बेरोजगार जनशक्तिको क्षमताअनुसार अवसर उपलब्ध गराउने नीति अघि सारेको पनि दाबी गर्नुभयो ।