२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

विभिन्न मन्त्रालयमा ११ वटा खर्च कटौतीका प्रस्ताव पेश

विभिन्न मन्त्रालयमा ११ वटा खर्च कटौतीका प्रस्ताव पेश
अ अ+ अ-

काठमाडौं । विनियोजन विधेयक २०७७ माथिको छलफलका क्रममा राष्ट्रियसभा सदस्यहरुले विभिन्न मन्त्रालयमा ११ वटा खर्च कटौतीका प्रस्ताव पेश गरेका छन् । 

सोमबारको बैठकमा ५ जना सांसदहरुले विभिन्न मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव गरेका हुन् । सांसद प्रकाश पन्थले संसदीय मामिला मन्त्रालय, खानेपानी मन्त्तालय, युवा तथा खेलकुद मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक सय रुपैयाँ खर्च कटौतिको प्रस्ताव गर्नुभएको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई बलियो पार्नुपर्ने, जनशक्तिलाई तालिम दिनुपर्ने, लाइब्रेरीमा सुधार गर्नुपर्ने, विधेयक ड्राफ्ट गर्ने विषयमा पनि समस्या भएको उहाँले बताउनुभयो । कोरोनाका कारण संसद लामो समय चल्ने अवस्था नरहेकोले उक्त अवस्थामा दुवै सदनबाट संयुक्त कोभिड केन्द्रीत समिति बनाउन उहाँले माग गर्नुभयो । खानेपानी मन्त्रालयगत अन्तर्गत मेलम्ची फेरी पनि आउन नसक्ने र फेरी कर्मचारीहरु आन्दोलित हुनुपर्ने अवस्था रहेको बताउनुभयो । तराईमा खानेपानीको समस्याका लागि विनियोजनमा कुनै कार्यक्रम लक्षित नभएको बताउनुभयो । कोरोनमा पछाडि सरकारले युवालाई परिचालन गर्ने कुरामा कुनै कार्यक्रम विनियोजन विधेयकमा आउन नसकेको बताउनुभयो । कुनै स्पस्ट नीति कार्यक्रम र बजेट नरहकेो बताउनुभयो । कोभिडको संक्रमणको अवस्था र कोभिड पछाडि युवालाई परिचालन गर्न आयोग गठन गर्न समेत माग गर्नुभयो । सुचना प्रविधिलाई बहुआयामिक रुपमा सोच्न सूचना प्रविधिमन्त्रालयले कुनै कार्यक्रम नल्याएको बताउनुभयो । उहाँले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक प्रसारणका रुपमा ल्याउन माग गर्नुभयो । उहाँले लोकतान्त्रिक मुलुकमा कुनैपनि सञ्चारमाध्यम सरकार नियन्त्रित हुन नहुने बताउनुभयो । त्यसका लागि बजेट विनियोजन हुन नसकेको बताउनुभयो ।

सांसद शारदादेवी भट्टले बजेटमा मितव्यता अपनाउँदै पारदर्शीता अपनाउन माग गर्नुभयो । उहाँले महिला तथा बालबालिका मन्त्रालय अन्तर्गतको अनुदान शीर्षकको खर्च १ सय रुपैयाँ घटाउन माग गर्नुभयो । कोरोना संकटका कारण बजेट घटेको उल्लेख गर्दै उहाँले अहिलेको अवस्थामा आशातित उपलब्धि हासिल गर्न नसकिने अवस्था भएकाले खर्च कटौती गर्न सुझाव दिइएको बताउनुभयो । मन्त्रालयले लैङ्गिक समानता हासिल गर्ने, सबै बालबालिका, किशोरीलाई सशक्त बनाउने सुचक र कृयाकलापहरुका लागि बजेट किन राखिएन भन्दै प्रश्न गर्नुभयो । महिला, किशोरी तथा बालबालिका विरुद्ध हुने विभिन्न प्रकारका हिंसा र शोषणको अनुपात बारे राष्ट्रिय सर्वेक्षण गर्ने भनिएपनि मन्त्रालयले के गरिरहेको छ भन्ने कुरा उल्लेख नभएको बताउनुभयो ।

सांसद जितेन्द्र नारायण देवले अर्थमन्त्रालयले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको चालु खर्च ह्वात्तै बढाएको बताउनुभयो । अहिलेको परिस्थितिमा गत वर्ष ५ अर्ब ३८ करोड, चालु आर्थिक वर्षमा ८ अर्ब ८४ करोड मात्रै चालु खर्च भएपनि आगामी आर्थिक वर्षको खर्च २५ अर्ब १ अरब बनाउनु मनासिब नहुने बताउनुभयो । आर्थिक मितवियताको सिद्धान्त र अहिलेको अवस्थामा चालु खर्च कम गर्नुपर्ने उहाँलेब बताउनुभयो । डा. डिल्लीराज खनाल नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगले २०६ वटा आयोग, विकास समिति, परिषद बोर्ड मध्ये ८३ मात्रै राख्ने प्रस्ताव गरेको र प्रशासनिक खर्च कटौतीका लागि ६ वटा मन्त्रालय, ३५ विभाग र ४५ हजार कर्मचारी कटौती गर्न सुझाव दिएपनि यो विषय बजेटमा समेटिन नसकेको बताउनुभयो । यस्तै शहरी विकास मन्त्रालय अन्तर्गत पदाधिकारी इन्धनका लागि चालु आर्थिक वर्षमा २ लाख रकम छुट्याइएको भएपनि इन्धनको मूल्य घट्दा समेत आगामी आर्थिक वर्षका लागि ६ लाख गरिएको बताउनुभयो । अहिलेको अवस्थामा पदाधिकारी इन्धनका लागि रकम बढाउन उपयुक्त हुन्छ की हुँदैन भन्दै उहाँले प्रश्न समेत गर्नुभयो । उहाँले गतवर्ष हुलाकी राजमार्ग ३ वर्षमा सम्पन्न गर्ने घोषणा गरी बजेट विनियोजन भएकोमा यो वर्ष ५० प्रतिशत रकम घटाएर निर्माण सम्पन्न गर्ने मिति एक वर्ष पर धलेकिएको बताउनुभयो । उहाँले नेपाल पानी जहाज कार्यालयर रेल्वे विभागका लागि विनियोजन भएको रकम आवश्यकता भन्दा बढी भएको बताउनुभयो ।

सांसद रमेशजंग रायमाझीले वन तथा वातावरण मन्त्रालय अन्तर्गत बैठक भत्ता सम्बन्धमा उच्च तहको कर्मचारीको बैठक भत्ता कटौती गर्नुपर्ने बताउनुभयो ।

मन्त्रालय अन्तर्गत सञ्चालन हुने विभिन्न कार्यक्रममा विरुवा रोपिने गेपनि त्यसको संरक्षण हुन नसकेको उहाँले बताउनुभयो । सर्वोच्च अदालतमा मुद्दाको चाङ रहेको उल्लेख गर्दै उहाँले जनतलाई न्याय दिनका लागि भएपनि कानून मन्त्रालयमा बजेट विनियोजन पर्याप्त हुनुपर्ने भएपनि कटौती गरिएको बताउनुभयो । भौतिक पूर्वाधार मन्त्रालयले ससाना आयोजनाहरका लागि ५ लाख, १० लाख रकम छुट्याएको भन्दै उहाँले संघले साना कार्यक्रमका लागि बजेट विनियोजना गर्दा प्रदेश र स्थानीय तहको काम के ? भन्दै प्रश्न गर्नुभयो ।

खेलकुद मन्त्रालय अन्तर्गत पर्याप्त बजेट विनियोजन नभएको उहाँले बताउनुभयो । अहिले जटल अवस्थामा रहेको श्रम मन्त्रालय अन्तर्गत विदेशबाट रोगजारी गुमाएर आउने व्यक्तिहरुको व्यवस्थान कसरी गर्ने भन्ने कुनै योजना नभएको बताउनुभयो ।

सांसद अनिता देवकोटाले मन्त्रालयहरुले फजुल खर्चलाई घटाउने गरी बजेट विननियोजन नगरेको बताउनुभयो । उहाँले जनताले तिरेको करबाट राज्य सञ्चालन गर्ने भएकाले मन्त्रालयहरु मितव्ययिता अपनाउन र पारदर्शिता कायम गर्न सक्नुपर्ने बताउनुभयो । कोभिड १९ संक्रमणको अवस्थामा रहदा मन्त्रालयहरुका फजुल खर्च घटाउनै पर्ने बताउनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेटमा खर्चका दरहरु बढाइएको बताउनुभयो । श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयमा पनि पदाधिकारी बैठक भत्तामा खर्च कटौति गर्नुपर्ने बताउनुभयो । उहाँले फजुल खर्च घटाउन मन्त्रालयहरुलाई आग्रह गर्दै आफ्नो प्रस्ताव स्वीकार गर्न आग्रह गर्नुभयो । भूमि मन्त्रालय अन्तर्गत भूमिहिन दलितहरुलाई आवास र जमिन उपलब्ध गराउने कार्यक्रम रहेको तर अहिलेसम्म भूमिहिन दलितहरुको पहिचान हुन नसकेकोले कसरी उपलब्ध गराउने विधिलाई स्पस्ट उल्लेख गर्नुपर्ने बताउनुभयो । उहाँले भूमि बैंक स्थापना गर्ने भन्दैगर्दा अहिले सम्म कति भूमि बाँझो छ भनेर निक्र्यौल गर्न नसकेको बताउनुभयो । श्रम तथा रोजगार मन्त्रालय अन्तर्गन कुनैपनि श्रम मैत्री कार्यक्रम आउन नसकेको बताउनुभयो । 

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नेकपाको सदस्यले रकम खर्च गर्न पाउने र रोजगारीको नाममा पैसा दुरुपायोग गर्ने प्रवृति बढेको बताउनुभयो । श्रमिकलाई सहुलियत ब्याजदर ५ प्रतिशतमा १० लाख सम्म ऋण दिने भनेर चालु आर्थिक वर्षमा रहेको तर अहिले सम्म कुनैपनि श्रमिकहरुले प्राप्त गर्न नसकेको बताउनुभयो । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु अझैपनि सामाजिक सुरक्षामा आवद्ध गराउन नसकेको बताउनुभयो । विदेशबाट आउने नेपालीहरु सिमानामा अपलत्र रहेका र रोजगारी गुमाएको अवस्थामा राहत उपलब्ध गराउन नसकेको बताउनुभयो । ९४ प्रतिशत जनतालाई खानेपानी पु¥याउने भनिएको छ तर अहिले समम मेलम्चिको पानी अझै आउन नसकेको बताउनुभयो । उहाँले कहिले सम्म मेलम्चिको पानी आउँछ मन्त्रालयले स्पस्ट पार्नुपर्ने बताउनुभयो । उहाँले सरकारले प्रेस स्वतन्त्रतालाई अंकुस लगाउने काम गरेको बताउनुभयो । उहाँले बजेटमा अनलाइन समाचार माध्यमहरुलाई पनि लोककल्याणकारी विज्ञापन दिने उल्लेख भएको छ तर सरकारको गुणगान गर्नेलाई मात्रै दिने हो कि सबैले पाउन सक्ने हुन स्पस्ट गराइदिन आग्रह गर्नुभयो ।