सुर्खेत । कर्णाली प्रदेश सरकारले नयाँ सवारी साधान नकिन्ने घोषणा गरेको छ । प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधा पनि कटौती गरेको हो ।
आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक र जोखिम भत्ता र खाजा खर्च कटौतीको घोषणा गर्दै एम्बुलेन्सबाहेक सवारी साधान पनि खरिद नगर्ने, नयाँ संगठन संरचना स्थापना नगर्ने उल्लेख गरेका हुन् ।
यस्तै कार्यालय सञ्चालन, मर्मत, इन्धन, फर्निचर र विभिन्न शीर्षकको खर्चमा पनि करिव ६० प्रतिशत कटौती गर्दै बजेटमा कोरोना भाइरस महामारी नियन्त्रणका लागि १ अर्ब ५५ करोड बजेट छुट्याएको छ ।
सरकारले प्रदेश अस्पतालमा २०० आइसोलेसन सेन्टर, ४० आईसीयू र २० भेन्टिलेटर बनाएइनेछ भने हरेक जिलामा कम्तिमा ५० आइसोलेसन बेड, १० आईसीयू र ५ भेन्टिलेटरसहित सघन उवचार कक्ष बनाउन बजेट छुट्याएइको छ ।
यसैगरी प्रदेश अस्पताललाई ३०० शैयाको शिक्षक अस्पताल बनाउन, राकम कर्णालीमा ट्रमा अस्पताल स्थापना गर्ने लगायतका कार्यक्रम पनि बजेटमा छ ।