२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

क्वारेन्टाइनमा लैजान खोज्दा भीरबाट हामफाली आत्महत्या

क्वारेन्टाइनमा लैजान खोज्दा भीरबाट हामफाली आत्महत्या
अ अ+ अ-

काठमाडौं । क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटैमा भीरबाट हाम फालेका पुरूषको मृत्यु भएको छ। भीरबाट हाम फालेका बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीलाई पर्वत अस्पतालबाट थप उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।  

भारतबाट सुनौली नाका हुँदै आएका नेपाली सहतिका केहीलाई बाग्लुङ नगरपालिकाको क्वारेन्टाइनमा राख्ने तयारी थियो । नेपालीले पर्वत जिल्लाको कुस्मा नगरपालिका–८ स्थित चुवाको भीरबाट नेपाली हाम फलेका हुन् । 

प्रत्यक्षदर्शीका अनुसार सडकमा बस फसेपछि त्यसलाई सञ्चालन गर्ने प्रयास भइरहेका बेला उनी बसबाट आर्लिएर भीरमा हाम फालेका थिए। गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको थियो । 

मृतकको शव अहिले पोखरास्थित गण्डकी अस्पताल छ । उनले किन आत्महत्या गर्ने खाजेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।