१४ असार २०८३, आईतवार
,
Latest
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय कलाकार सुशान्तको हत्या भएको आशंका गर्दै परिवारद्धारा अनुसन्धान माग



अ+ अ-

विहार । आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन् । 

उनका परिवारले राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् । 

कैयौँ चलचित्रमा खेलेका राजपुत आइतबार मुम्बाई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा  झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको आत्महत्या भएको बताएको थियो । 

तर राजपुतका मामा आरसी सिंहले सोमबार भनेका छन्– उनले आत्महत्या गरेको भन्ने बारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यहरुले यसको विरोध गरेका छौँ उनको हत्या भएको छ प्रहरीले राम्रोसँग अनुसन्धान गरोस् । 

बिहारका प्रहरी कमिसनर मनोज सिंहले घटनाको प्रकृति हेर्दा अहिलेसम्म आत्महत्या नै गरेको जस्तो देखिएको बताउनुभएको छ । 

भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरुले उनले आत्महत्या गर्ने कुनै कारण नरहेको भनेका छन् भने प्रहरीले आत्महत्या गरेको बारेमा कुनै सुसाइड नोट पनि नभेटिएको बताएको छ ।