२६ आश्विन २०८१, शनिबार
,
Latest
दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय कलाकार सुशान्तको हत्या भएको आशंका गर्दै परिवारद्धारा अनुसन्धान माग



अ+ अ-

विहार । आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन् । 

उनका परिवारले राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् । 

कैयौँ चलचित्रमा खेलेका राजपुत आइतबार मुम्बाई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा  झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको आत्महत्या भएको बताएको थियो । 

तर राजपुतका मामा आरसी सिंहले सोमबार भनेका छन्– उनले आत्महत्या गरेको भन्ने बारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यहरुले यसको विरोध गरेका छौँ उनको हत्या भएको छ प्रहरीले राम्रोसँग अनुसन्धान गरोस् । 

बिहारका प्रहरी कमिसनर मनोज सिंहले घटनाको प्रकृति हेर्दा अहिलेसम्म आत्महत्या नै गरेको जस्तो देखिएको बताउनुभएको छ । 

भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरुले उनले आत्महत्या गर्ने कुनै कारण नरहेको भनेका छन् भने प्रहरीले आत्महत्या गरेको बारेमा कुनै सुसाइड नोट पनि नभेटिएको बताएको छ ।