२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

भारतमा एकैदिनमा ११ हजार ५०० भन्दा बढी संक्रमित, कुल संक्रमित तीन लाख ३२ हजार नाघे

भारतमा एकैदिनमा ११ हजार ५०० भन्दा बढी संक्रमित, कुल संक्रमित तीन लाख ३२ हजार नाघे
अ अ+ अ-

नयाँ दिल्ली । भारतमा एक दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित भएका छन् ।   यद्यपी शनिबारको तुलनमा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ । शनिबार एक दिनमा ११ हजार ९२९ जनामा कोरोनमा भाइरस संक्रमण देखिएको थियो भने आइतबार ११ हजार ५०० जनामा संक्रमण देखिएको बताइएको छ । 

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार सोमबार बिहानसम्ममा एकैदिनमा ११ हजार ५०२ जना संक्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भारतमा ३२५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ९ हजार ५२० पुगेको छ । 

भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ३२ हजार ४२४ पुगेको छ । कुल संक्रमित मध्ये १ लाख ५४ हजार १०६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने १ लाख ६९ हजार ७९८ जना संक्रमण मुक्त भएका छन् । 

भारतमा प्रदेश अनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन् । त्यस प्रदेशमा १ लाख ७ हजार ९५८ जना संक्रमित भएका छन् । महाराष्ट्रमा ५३ हजार ३० जना संक्रमित अवस्थामा नै रहेका छन् भने ५० हजार ९७८ जना उपचारपछि घर फर्किएका छन् । महाराष्ट्र कोरोना भाइरसको संक्रमणको कारण ३ हजार ९५० जनाको मृत्यु भएको छ ।
 
कोरोना भाइरस संक्रमणको कारण दोस्रो स्थानमा रहेको तमिलनाडु प्रदेशमा ४४ हजार ६६१ जना र तेस्रो धेरै संक्रमण रहेको दिल्ली प्रदेशमा ४१ हजार १८२ जना संक्रमित रहेका छन् ।