२६ आश्विन २०८१, शनिबार
,
Latest
दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता अफ्ठ्यारोमा परेका बेला सहयोग गर्न नसक्ने कस्तो सरकार : नेविसंघ



अ+ अ-

काठमाडौं । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले आइतबार सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

कोरोना नियन्त्रणका लागि भएको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने, अस्पताल र क्वारेन्टाइनहरुको सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गरी दोषिलाई कारवाही गर्नुपर्ने, आरडिटी परीक्षण बन्द गरी पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने मागसहित प्रदर्शन गरिएको नेविसंघ अध्यक्ष राजीव ढुंगानाले बताउनुभयो । जनता मरेपछि पीसीआर परीक्षण हुने प्रवृतिको अन्त्य गर्दै रुकुम घटनाका दोषिलाई कडा कारवाही हुनुपर्ने माग उहाँले राख्नुभयो ।

नेविसंघ महामन्त्री मनोज बैद्यले जनताको मत लिएर जनता अफ्ठ्यारोमा परेका बेला सहयोग गर्न नसक्ने सरकारले राजीनामा दिनुपर्ने बताउनुभयो ।

विजुली बजारबाट नाराबाजी गर्दै ठूलो संख्यामा विद्यार्थीहरु बानेश्वर पुगेका थिए । ‘हेलो प्रधानमन्त्री ज्यू अब त उठ्नुस, भाषण होइन रासन दिनुस, सरकार १० अर्बको हिसाब खोइ ?, लाठी खान तयार छौँ साथी, हामी बुझ्छौँ तिमीलाई जवाफ दिनुपर्छ माथी, निन्द्रा तिमीलाई पनि पटक्कै नलाग्दो हो सुत्न खोज्दा राती’ नारा लेखिएका प्लेकार्डहरु प्रदर्शनकारीहरुले बोकेका थिए ।