२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा क्‍वारेन्टाइनमा रहेका पुरुषको मृत्यु



अ+ अ-

सुर्खेतको गुर्भाकोट नगरपालिकाको क्‍वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु भएको छ । गुर्भाकोट–७ स्थित प्राथमिक विद्यालय श्रीवानीमा बसेका गुर्भाकोट–८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हाे ।

बिहान एक्कासी छाती दुखेको भनी खबर गरेपछि स्वास्थ्यकर्मीको टोली पुगेर जाँच गरी औषधी दिएर फर्किएको करिब डेढ घन्टापछि मृत्यु भएको नगरपालिकाका सूचना अधिकारी महेशकुमार पुरीले जानकारी दिए । ‘नगरप्रमुख लगायतको टोली त्यहाँ पुग्दा मृत्यु भइसकेको थियो ।’

सूचना अधिकारी पुरीका अनुसार उनको स्वाब संकलन गरी प्रदेश अस्पतालस्थित प्रयोगशालामा पठाइएको छ । ती पुरुषको पीसीआर परीक्षणको रिपोर्ट सोमबार रातिसम्ममा आउने उनले बताए ।

भारतबाट आएर जेठ २० गतेदेखि क्‍वारेन्टाइनमा बसेका ती पुरुष पहिलेदेखि नै क्षयरोगबाट ग्रसित थिए । भारतमा काम गर्ने क्रममा घाइते समेत भएका उनको टाउकोमा १६ वटा टाँका लगाएको सूचना अधिकारी पुरीले जनाए ।