२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

कोरोना भाइरसबाट विश्वमा ४ लाख ३९ हजार भन्दा बढीको मृत्यु, ८१ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरसबाट विश्वमा ४ लाख ३९ हजार भन्दा बढीको मृत्यु, ८१ लाख भन्दा बढी संक्रमित
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३९ हजार २०४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८१ लाख १८ हजार ९०४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 

नेपाली समयानुसार मङ्गलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४२ लाख ३१  हजार ६४८ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ४८ हजार ५६ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ५६८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
 
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ८२ हजार ९५० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख १८ हजार २८३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १४ं लाख ६३ हजार १६० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६१ हजार ५६२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख १२ हजार ३४१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४६ हजार २१९ जनाको मृत्यु भएको छ । 

युरोपमा २२ लाख २० हजार ९० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८३ हजार २१५ को मृत्यु भएको छ । एसियामा १६ लाख ५९ हजार ४२२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४१ हजार २७६ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ५४ हजार २१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ७९३ जनाको मृत्यु भएको छ ।  ओसियानामा ८ हजार ९६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।