१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग



अ+ अ-

काठमाडौं । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि इजरायल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले कोरोना रोकथामका लागि पीपीई सेट, थर्मोमिटर, पन्जा, सर्जिकल मास्क, स्यानिटाइजर, सोडियम डिसइन्फेक्टेड लगायतका सामग्री उपलब्ध गराउनुभएको छ । राजदूत ओमेरले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्रीहरु उपलब्ध गराउनुभएको छ । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ढकालले महामारीको चपेटामा रहेको बेला इजरायल सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपालका लागि महत्वपूर्ण हुने बताउनुभयो । उहाँले अप्ठेरो अवस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराएर कोभिड १९ को जोखिम न्यूनीकरण गर्न नेपाली जनताको साथमा इजरायल सरकार छ भन्ने सन्देश दिएको बताउनुभयो ।

इजरायल सरकारले पीपीई सेट (सुट एण्ड ट्रउजर, फेससिल, गगल्स, मास्क र पञ्जा) ५० थान, पीपीई बडि कभर ५ सय थान, थर्मोमिटर ५० थान, पन्जा १ सय ३० थान, स्यानिटाइजर ५ लिटरको ४० जार, स्यानिटाइजर ५ सय एमएल २ सय ३० बोतल, सोडियम डिसइन्फेक्टेड १ सय जार, पन्जा ५ सय थान, सर्जिकल मास्क ५ सय थान र अन्य मास्क ४ हजार थान सहयोग रुवरुप उपलब्ध गराएको छ ।