२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

प्रधानमन्त्रीलाई कोरोना नियन्त्रणमा गम्भीर बन्न कांग्रेसको ध्यानाकर्षण

प्रधानमन्त्रीलाई कोरोना नियन्त्रणमा गम्भीर बन्न कांग्रेसको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर भई प्रभावकारी काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

मंगलबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको संसदीय दलका प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

कांग्रेसले पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा वृद्धि गर्नुपर्ने बताउँदै आएको छ। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले प्रधानमन्त्रीलाई भेटेर कोरोना नियन्त्रणमा गम्भीर बन्न र परीक्षणको दायरा वृद्धि गर्न ध्यानाकर्षण गराइएको बताइन्।

कांग्रेस सांसदहरु भीमसेनदास प्रधान, राजन केसी, गगन थापालगायतका नेताहरु प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन बालुवाटार पुगेका थिए।