२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

देश निर्माणमा योगदान पुर्याउने नेतालाई बजेटले अपमान गर्यो : भुसाल

देश निर्माणमा योगदान पुर्याउने नेतालाई बजेटले अपमान गर्यो : भुसाल
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट विनियोजन सन्तुलित नभएको र देश निर्माणमा योगदान पुर्याउने नेताहरुलाई अपमान गरेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफल गर्दै सांस्कृतिक रुपान्तरणको कुनैपनि कार्यक्रम बजेटमा नआएको र देशको परिवर्तनका लागि लडेका नेताहरुको स्मृतिमा सञ्चालन गरेका कार्यक्रमलाई बजेट नदिएर नेताहरुको अपमान गरेको बताउनुभयो । उहाँले सांस्कृतिक तर्फ मन्दिरको संरक्षण गर्ने बाहेक अरु कुनै पनि कार्यक्रम नराखेको बताउनुभयो । उहाँले विद्यालय निर्माणको काम गर्न कहिंकतै बजेट नछुट्याइएको तर मन्दिर बनाउन बजेट विनियोजन गरेको बताउनुभयो । अहिलेको आवस्यकता मन्दिर निर्माण भन्दा विद्यालयका भवन निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने तर सरकारले त्यसतर्फ बजेट विनियोजन नगरेको बताउनुभयो । 

उहाँले भन्नुभयो ‘राज्यले विद्यालय बनाउनका निम्ति कहिं बजेट छुट्याइएको छैन् । मैले देखिन विद्यायल भवन निर्माणका निम्ति यति बजेट, स्थानीय तहमा पठाइएको छ भनेर कहिं उल्लेख गरिएको छैन् । भनिएको छ स्थानीय तहमा हामीले प्राविधिक शिक्षा दिनेछौं । नीति कार्यक्रममा आएको छ बजेटमा आएको छ । तर स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्नका निम्ति बजेट छुट्याइएको छैन् । तर मन्दिर बनाउनको निम्ति २ सय ३ मन्दिर बनाउनका निम्ति तिनिहरुको मर्मत सम्भार गर्नका निम्ति बजेट छुट्यइएको छ । आजको आवस्यकता के हो ? मेरो विचारमा आजको आवस्यकता मन्दिर भन्दा पहिले विद्यालय हो ।’

एक प्रदेश एक पर्यटकीय गन्तव्य बनाउँछौं भनेर नीति तथा कार्यक्रम आएको तर बजेटमा कुनैपनि प्रदेशमा पर्यटकीय गन्तव्य तोकेर बजेट नछुट्याइएको बताउनुभयो । उहाँले कतिपय ठाउँमा यसअघि गरिएका कार्यक्रममा बजेट रोकिएको बताउनुभयो ।

सहिद गंगालाल र नेपाली कम्युनिष्ट आन्दोलनका पुस्पलालको जन्मस्थल रामेछापको भगेरिमा बनाउन लागेको स्मृति पार्क र विपी कोइरालाको पुख्र्यौली थलो सिन्धुलिको दुम्जामा पनि स्मृति पार्क बनाउन भनेर सुरु गरिएको तर ति दुवै योजनामा यसपटक बजेट नछुट्याइएको बताउनुभयो । नेताहरुको विचारले मुलुकमा परिवर्तन आएको तर तिनै नेताको स्मृतिमा गरिएका कार्यक्रमलाई रोकेर अपमान गरिएको बताउनुभयो । उहाँले बजेटको सुरुमा नेताहरुको सम्मान गर्छु भन्ने तर तिनै नेताहरुको सम्मानमा सञ्चालन गरिएको कार्यक्रमहरु रोकेर अपमान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘यहाँ एकजना माननियजीले भन्नुभयो सारा नेताहरुका नाममा जाने बजेट क्यान्सिल गर्नुपर्छ भनेर मैले त क्यान्सिल भएको देखे । मेरो त आपत्ति छ क्यान्सिल गरेकोमा । किन आपत्ति छ भने तिनै नेताहरुको विचारले यो मुलुकमा परिवर्तन लिएको छ । तिनै नेताहरुले बनाएको संगठनको बलमा आज हामी सत्तामा छौं आज हामी संसदमा छौं । 

दुनियाभरी राष्ट्रका निम्ति योगदान गर्ने नेताहरुको, परिवर्तनका निम्ति योगदान गर्ने नेताहरुको कदर गरिन्छ सम्मान गरिन्छ, पुरस्कारहरु स्थापित गरिन्छ र कार्यक्रमहरु सञ्चालन गरिन्छ । हामीले पनि सुरु गरेका थियौं । वर्तमान अर्थमन्त्री आएपछि पुष्पलाल स्मृति प्रतिस्ठान, विपी स्मृति प्रतिस्ठान, गणेशमान स्मृति प्रतिस्ठान, मनमोहन स्मृति प्रतिस्ठान लगायतका प्रतिस्ठानले गरेका राम्रा कामहरु थिए । त्यहाँ अनियमितता भएका छन भने छानविन गर्नुपर्याे । त्यहाँ अनियमितता भएको छ भने नियन्त्रण गर्नुपर्याे । होइन भने ति नेता जसका नेता जुन नेताका विचारले आज मुलुकमा परिवर्तन ल्याएको छ जुन नेताले निर्माण गरेको संगठनको बलमा आज हामी सत्तामा छौं मन्त्री छौं प्रधानमन्त्री छौं ति नेतालाई अपमान गर्ने काम भएको छ । मैले यो बजेटको सुरुवातमै एउटा बाक्य सुन्न पाएको थिए र मलाई खुसि लागेको थियो । मुलुकमा लोकतन्त्र ल्याउनको निम्ति योगदान गर्ने त्याग गर्ने अग्रज नेताहरुको सम्मान गर्छु भनेर यहाँ लेखिएको थियो । तर जव विनियोजन हेरे मैले त्यहाँ मैले पाए ति नेताहरुलाई सम्मान होइन अपमान गरिएको छ । यो अपमानलाई अन्त्य गरियोस ।’