२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?
अ अ+ अ-

काठमाडौं । कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न आह्वान ग¥यो । 

कोरोनाको विश्वसनीय खोप तथा औषधि पत्ता नलागेको अवस्थामा विभागले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका जडिबुटीको सूचीसहित नियमित सेवन गर्ने बानी बसाल्न अनुरोध गर्यो । ती जडिबुटीमा गुर्जो, बेसार, सुठो, मरिच, दालचिनी तथा पिपला, असुरो, तुलसी र तेजपात थिए ।  

स्वास्थ्य मन्त्रालयले पनि आयुर्वेद तथा वैकल्पिक चिकित्साका क्षेत्रमा लामो अनुभव भएका चिकित्सक तथा विज्ञसँगको परामर्शका आधारमा कोरोनाविरुद्ध लड्ने तथा रोग प्रतिरोधी क्षमता कसरी विकास गर्न सकिन्छ भनेर ‘प्रोटोकल’ निर्माण ग¥यो । उक्त प्रोटोकल गत जेठ १५ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको छ । 

विभागले सातै प्रदेशका सामाजिक विकास मन्त्रालय, आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालय र सबै स्वास्थ्य सेवा कार्यालयलाई परिपत्र गर्दै उक्त प्रोटोकल कार्यान्वयनमा जोड दिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि दुई अञ्चल आयुर्वेद औषधालय र ११ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई उक्त प्रोटोकल कार्यावयन गर्न निर्देशन दिएको छ । 

प्रोटोकलमा आयुर्वेद औषधि, खानपान, योग, ध्यान तथा शारीरिक व्यायामको माध्यमबाट शरीरको प्रतिरोधी क्षमता बढाउन सकिने उल्लेख छ । साथै भान्छामा दैनिक प्रयोग गरिने मरमसलालगायत परम्परागत जडीबुटीबाट पनि प्रतिरोधी क्षमता बढाउन सकिने चिकित्सकहरु बताउँछन् । नेपालमा पनि कोभिड सङ्क्रमण भएका व्यक्तिलाई प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने विभिन्न प्रकारका आयुर्वेदिक औषधि खुवाइएको उदाहरण छन् । 

त्रिभुवन विश्वविद्यालय, आयुर्वेद शिक्षण अस्पताल कीर्तिपूरका निवर्तमान कार्यकारी निर्देशक प्रा डा डिबी रोका कोरोना रोकथामका लागि मुख्य औषधि पत्ता नलागेपनि आयुर्वेद एवं वैकल्पिक चिकित्साका उपचार विधि र औषधि प्रयोग गरी सङ्क्रमणलाई केही हदसम्म कम गर्न सकिने बताउनुहुन्छ । त्यसोतः आयुर्वेदमा महामारी नियन्त्रणमा सघाउ पुग्ने थुप्रै औषधि प्रयोगमा रहेको उहाँको भनाइ छ । 

महामारीको समयमा सङ्क्रमित मात्र नभई स्वस्थ्य व्यक्तिले पनि शारीरिक तथा मानसिक रुपमा आफूलाई बलियो राख्नु अत्यावश्यक छ । शारीरिक रुपमा स्वस्थ राख्न दैनिक व्यायाम, पोषिलो खानेकुरा, प्रतिरोधी क्षमता बढाउने जडिबुटीयुक्त आहार सेवन गर्न सुझाव दिँदै उहाँले योगाभ्यास तथा ध्यानका माध्यमबाट मानसिक स्वास्थ्य हासिल गर्न सकिने बताउनुभयो । 

सरकारले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलन नपाओस् भनेर अन्यन्त्रबाट आएका नेपाली तथा विदेशी नागरिकलाई क्वारेन्टिनमा राख्दै आएको छ । अन्य व्यक्तिमा सङ्क्रमण नफैलियोस् भनेर सङ्क्रमितलाई ‘आइसोलेसन’मा राख्ने पनि गरिएको छ । सामान्यतयाः १४ दिन आइसोलेसनमा राखिने विश्वव्यापी प्रचलन भए पनि कतिपय अवस्थामा सङ्क्रमितलाई दुई साताभन्दा बढी आइसोलेसनमा राख्नुपर्ने पनि देखिएको छ । 

“क्वारेन्टिन तथा आइसोलेनमा रहँदा मानिसहरु मानसिक तनावले गर्दा रोगसँग लड्ने शक्ति (इम्युनिटी पावर) झनै घट्दै जान्छ”, प्राडा रोकाले भन्नुभयो, “त्यसका लागि आयुर्वेद एवं वैकल्पिक चिकित्सामा वर्णन गरिएका योग अभ्यास एवं सत्तवाजय चिकित्साबाट उपचार गर्दा मानसिक तनावलाई कम गर्न सकिन्छ, साथमा वेद एवं आयुर्वेदको चरकसंहितामा वर्णन गरिएका तनाव कम गर्ने खालका औषधिको प्रयोग गर्नु वाञ्छनीय हुन्छ ।” 

उहाँले मन्डुकपणि, ब्राम्मी, शङ्खपुष्पी, जोतिषमति, बोझो, जटामासी, अश्वगन्धा आदि औषधि प्रयोग गर्दा मानसिक स्वास्थ्य बलियो राख्न सकिने बताउनुभयो । “भाइरससँगै पूरै लड्न सक्ने शारीरिक रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न चरकसंहिताअन्तर्गत रसायन चिकित्साका लागि प्रयोग हुने औषधि जस्तो तुलसी, हरिद्रा, जेठीमधु, द्राक्ष्य, सतावरी, अमला, पाँचऔँले, चिराइतो, गुर्जो (गिलोइ), कपिकक्षु, भुइँअमला, बासा, हरितकी, पदमचाल, यार्सागुम्बा, मुसली, शिलाजित, निरमसीलगायत औषधिको साथमा प्राङ्गारिक र सुपाक्ष्य पौष्टिक खाना खानुपर्छ”, उहाँले भन्नुभयो । 

जङ्कफुड भन्दा प्राकृतिकरुपमा पाइने गेडागुडी, दाल, हरियो, सागसब्जी, दूध र प्राकृतिक भिटामिन च्यावनप्राश खान उहाँले सुझाव दिनुभयो । प्रोटोकल बनाउने विज्ञ टोलीका सदस्यसमेत रहनुभएका प्राडा रोकाले भन्नुभयो, “वेदमा लेखिएका कतिपय कुरा व्यवहारमा वैज्ञानिक र व्यवहारिक देखिएका छन् । त्यहीअनुसार आयुर्वेद ग्रन्थमा लेखिएको औषधि एवं चिकित्साका विधि किन प्रयोग नगर्ने ?”

भान्छामा दैनिक प्रयोग हुने टिमुर, खुर्सानी, लसुन, प्याज, बेसार, दालचिनी, ज्वानो, जिम्मु, धनियाँ, जिरालगायत मसलाबाट केही हदसम्म रोगको रोकथाम हुने सम्भावना बढ्ने आयुर्वेदज्ञाताले बताउँदै आएका छन् । बेसारले ‘एन्टिसेफ्टिक’, ‘एन्टिटक्सिन’ औषधिका रुपमा काम गर्दछ । यसका बारेमा अथर्वेद र आयुर्वेदमा पनि व्याख्या गरिएको छ । 

क्वारेन्टिन तथा आइसोलेनसमा बसेका मात्र होइन आम नागरिकले पनि आफूलाई शारीरिक र मानसिकरुपमा स्वस्थ राख्न प्राकृतिक आहार र दैनिक ध्यान तथा योगाभ्यास गर्न उहाँले सुझाव दिनुभयो । प्रतिरोधी क्षमता विकास गर्न सूर्य नमस्कार, गरुडाशन, भुजाङशन, तडाशन, चतुराङ दण्डाशन, आधोमुख श्वानाशनलगायत योगासन गर्न उहाँले सुझाव दिनुभयो । त्यस्तै भस्त्रिका, अनुलोमविलोम, भ्रामरी र कपालभाती प्राणायम गरेर पनि प्रतिरोधी क्षमता बढाउन सकिने उहाँको भनाइ छ ।