२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

औलोको औषधि काेराेना उपचारमा घातक, अमेरिकामै लाग्याे प्रतिबन्ध

औलोको औषधि काेराेना उपचारमा घातक, अमेरिकामै लाग्याे प्रतिबन्ध
अ अ+ अ-

वासिङ्टन । अमेरिकी नियामक निकायहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोविड–१९) को उपचारमा औलोको औषधिको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन् । 

बिना वैज्ञानिक तथ्य र प्रमाणकै आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोविड–१९ को उपचारका लागि औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रयोग गर्न सुझाव दिँदै आउनु भएको थियो । राष्ट्रपतिको उक्त विवादित सल्लाहलाई चिकित्सा विज्ञानका क्षेत्रमा क्रियाशिल वैज्ञानिक समुदायले हास्यास्पद भन्दै यो औषधि प्रयोगमा सावधानी अपनाउन आग्रह गरिरहेका थिए ।

स्वयं अमेरिकी वैज्ञानिकहरु पनि राष्ट्रपति ट्रम्पको सल्लाहमाथि विश्वस्त हुन सकेका थिएनन् ।

अमेरिकाको शक्तिशाली नियामक निकाय अमेरिकी फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन र क्लोरोक्वीन प्रभावकारी नदेखिएको जनाएको छ । यी औषधिको सेवन गर्दा मानिसको मुटुमा समस्या देखिएको प्रतिवेदन प्राप्त भएको भन्दै एफडीएले कोरोना संक्रमित व्यक्तिलाई यी औषधिले केही राहत दिएपनि स्वास्थ्य जोखिम लिन नसकिने स्पष्ट गरेको छ । 

एफडीएले कोरोनाको उपचारमा प्रयोग भइरहेको अर्को औषधि रेमडेसिभरसँग हाइड्रोक्सिक्लोरोक्वीन वा क्लोरोक्वीन मिसाएर बिरामीलाई नदिन पनि चिकित्सकहरुलाई चेतावनी दिएको छ । एफडीएले औलोको औषधिले रेमडेसिभरको प्रभावकारीतामा पनि कमी ल्याउने बताएको छ ।

हाइड्रोक्सिक्लोरोक्वीन र क्लोरोक्वीन औषधि सामान्यतया आर्थराइटिसका बिरामीको उपचारमा प्रयोग हुने गर्दछ । तर यी औषधिका केही खतरनाक नकारात्मक असरहरु पनि हुने गर्दछ । यस औषधिको सेवनबाट मुटुमा समस्या देखिनुका साथै रक्तचात निकै घट्ने तथा मांसपेशी वा स्नायू प्रणालीमा क्षति पुग्दछ । 

एफडीएले यी औषधिका ३९० जना प्रयोगकर्ताहरुबाट स्वास्थ्य जटिलता उत्पन्न भएको गुनासो प्राप्त भएको जनाएको छ । यीमध्ये पनि १०० जनाभन्दा बढीमा मुटुको गम्भीर समस्या उत्पन्न भएको थियो । 

कोरोनाभाइरसको उपचारमा प्रयोग गर्नेगरी अमेरिकी संघीय निकायहरुमा रहेको ठूलो परिमाणको औलोको औषधि अब राज्य र स्थानीय तहमा वितरण गरिने छैन । 

क्लिभल्यान्ड क्लिनिकका अनुसन्धाता डा स्टिभन निस्सेनले एफडीएको पछिल्लो निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभयो । उहाँले हाइड्रोक्सिक्लोरोक्वीनको औषधिको प्रामाणिकतामा कुनै विश्वासिलो आधार पहिल्यैदेखि नदेखिएको र यसले शरीरमा नकारात्मक असर पार्ने भएकाले यो औषधिको जथाभावी सेवन गर्न नहुनेमा जोड दिनुभयो । 

बिहीबार अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआइएच) को एक विज्ञ समूहले पनि अध्ययन प्रयोजन बाहेक आमरुपमा यो औषधि सेवनमा प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो । 
एफडीए र एनआइएच दुबैले कोरोनाभाइरसको उपचारमा यी औषधिको प्रयोग नगर्न स्पष्ट सन्देश दिएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरस फैलिन शुरु भएलगत्तै हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्न सकिने भन्दै व्यापक वकालत गर्नु भएको थियो । राष्ट्रपति ट्रम्पको लगातारको प्रयासपछि धेरै अमेरिकी र विश्वका कतिपय मुलुकका नागरिकले औलोको औषधि खोजीखोजी सेवन गर्न थालेका थिए जसका कारण बजारमा यी औषधिको अभाव समेत हुन थालेको थियो । 

केही अनुसन्धानले कोविड–१९ को उपचारमा औलोका औषधिहरु केही मात्रामा उपयोगी हुन सक्ने देखाएका थिए, तर ती त्यति विश्वासयोग्य थिएनन् । पछिल्लो समय ठूलो जनसमूहमा गरिएका अध्ययनहरुले औलोको औषधिले फाइदा भन्दा पनि बढी मानव स्वास्थ्यमा हानि गर्ने ठहर गरेका थिए ।