२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्छ : विडारी

बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्छ : विडारी
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य राम नारायण विडारीले बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने बताउनुभएको छ । 

विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा लिँदै विडारीले असारमा बजेट पारित भइसकेपनि साउनबाट फटाफाट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताउनुभयो । साउनबाटै काम सुरु गरी बजेट खर्च गर्न मन्त्रीहरुलाई के ले छेक्यो भन्दै उहाँले प्रश्न गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘चाँडै विकास निर्माणका बजेट ठिक समयमा खर्च होस भनेर असारमा बजेट पास हुन्छ । अनी साउनबाट फटाफाट काम गरे हुनेनी । अनि मन्त्रीलाई काम गर्न केले छेक्यो ? कुन प्रेत आयो त्याँ कुन भूत आयो त्यो ? किन चैत महिनामा मात्रै अख्तियारी आयो भनेर हल्ला गर्दै हिड्ने ? यसपाली त कोभिडले चैत खायो, बैशाख खायो, जेठ खायो, असार आयो । अब ख्वाम ख्वाम पैसा सिध्याउने काम गर्ने, कागज बनाउन थालियो । यहि सरकारले यहि पटकबाट यस्तो काम गरोस । यति पनि गर्न सकेन भने मन्त्रीहरुले सामूहिक राजनीनामा दिए हुन्छ । त्यती पनि गर्न नसक्ने । अरुथोक केही गर्नुपरेन, बजेट छुटयएको छ । संसदले पास गरेको छ । अनि त्यसपछि चैत महिनामा अख्तियारी, फागुनमा अख्तियारी । किन तलब खाएर बसेको ? मन्त्रीले यो कुरा विचार गरुन ।’’

विपक्षी दलहरुले समेत बजेट पुगेन भनेर भन्ने तर मन्त्रालयको खर्च १ सय रुपैयाँ राख्नुस भनेर भन्ने प्रवितिले विकास हुन नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘विपक्षी झन त्यस्तै । पैसा यहाँ नी बढाउन, यँ नी पुगेन त्या नी पुगेन भन्छ । अनि बजेट चाँही १ सय रुपैया मात्रै राखियोस यो मन्त्रालयमा भन्छ । १ सय रुपैयाँ भन्छ अनि यो नि बनाइदे उ नी बनाइदे बजेट पुगेन भन्छ । विपक्षी यस्तै सत्ता उस्तै । अनि देश कसरी विकास हुन्छ ?’’

राष्ट्रियसभाबाट जति सुझाव दिएपनि बजेटमा कुनै परिवर्तन नहुने कुराको विरोध गर्दै उहाँले बजेट संशोधन गर्दैमा सरकार तलमाथि नहुने बताउनुभयो । बेलायत र अमेरिका लगायतका देशमा पनि बजेट संशोधन हुने गरेको उल्लेख गर्दै उहाँले सबैतिरबाट आएका सुझावहरुलाई आत्मसाथ गरी बजेट संशोधन गर्न सरकार डराउन नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो,  ‘‘यत्रो छलफल गर्यो यत्रा दिनको तलब भत्ता ग्वाम ग्वाम खायौँ । अनि बजेट चाँही सरकारले जे ल्यायो त्यही एक रुपैयाँ नी परिवर्तन हुँदैन् । यस्तो पनि कहिँ हुन्छ ? यो छलफल नाटक किन गरेको  ?’’

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा दैनिक खर्च धान्न गाह्रो भएको भन्दै दिएको अभिव्यक्तिको उहाँले आलोचना गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘म १५, १६ वर्षको थिए । १६ हजार ऋण छ नेपालीको टाउकोमा भनेर भाषण गर्थे । त्यो ऋण त अहिले पनि बाँकी नै छ रे, ३४ हजार पुग्यो रे । कस्तो सरकार चलाएछन् ? कस्तो ऋण तिरेछन् ? अब त ४० अर्ब खर्च रे १५ अर्ब आम्दानी रे । अनि तलब पनि विदेशीसँग मागेर खाने रे । अनि हामी परलम्बी हुँदैनौ भनेर धाक लगाउने ?’’

सांसदहरु नीति निर्माण भन्दा पनि बजेटकै पछि कुद्ने गरेको उहाँले बताउनुभयो । देशका लागि बजेट र नीति निर्माण गर्नुपर्ने भएपनि आफ्नो क्षेत्रका लागि कहाँ बजेट पाइन्छ भनेर सुँध्दै हिड्ने प्रवृतिले देशको विकास नभएको उहाँले बताउनुभयो ।

सरकारले सरकार ढल्ने डरले सांसदहरुलाई विभिन्न नाममा पैसा बाँडेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘सांसदहरुले विरोध गरे सरकार ढाल्छ रे भनेर कहिले ६ करोड डाइरेक्ट, कहिले घुमाएर ४ करोड, अनि बाटोघाटो भनेर १०, ८ करोड हाल्दिने काम मन्त्रीले ग¥यो । यसबाट देश विकास हुँदैन् । त्यसैले बजेट मार्न र बजेट पार्न हुँदैन् ।’’

पछिल्लो समय सडकमा कोरोना महामारी नियन्त्रणका लागि भएको खर्चको विवरण सार्वजनिक गर्न माग गर्दै भइरहेका प्रदर्शनलाई लक्षित गर्दै उहाँले मन्त्रालयलाई दैनिक खर्च वेवसाइटमा सार्वजनिक गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘कोभिड—१९ मा कहाँ कति कसरी खर्च भयो भनेर सडकमा नारा लगाउनुपर्छ ? दिनदिनै को वेव साइट छ क्यारे ढ्याक्क हाल्नु । दिनदिनैको खर्च र आम्दानी । यति खर्च भयो, यति आम्दानी भयो, यती डोनेशन प्राप्त भयो भनेर निकाल्दा हुँदैन् ? त्यो निकाल्न कसले छेक्यो हाम्रा मन्त्री ज्युलाई ? अनि सडकमा नारा लगाउन पर्ने विपक्षीले । के के न भने भनेर फुर्ति लगाउने । मैले त त्यो १० अर्बको पैसाको हिसाब मागे भनेर फुर्ति लाउने त्यसो किन गर्या ।’’