२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

मन्त्री यादवद्वारा श्रमिक सूचना बैंक स्थापनाको घोषणा

मन्त्री यादवद्वारा श्रमिक सूचना बैंक स्थापनाको घोषणा
अ अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवद्वारा श्रमिक सूचना बैंक स्थपना गर्ने घोषणा भएको छ । 

सरकारको नीती तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७/०७८ को बार्षिक वजेटमा समेत रहेको कार्यक्रम अनुसार श्रमिक सूचना बैंक स्थपना गर्ने कार्य अगाडी बढेको छ । 

श्रमिक बैंक स्थपना गरि कार्यन्वयन गर्नका लागि मन्त्रालयले विज्ञ समुह गठन गरि कार्य प्रारम्भ गरेको छ । कृषि लगायत श्रम आर्जन गर्न सक्ने जनशक्तिहरु के–कति संख्यामा रहेका छन्, के कस्ता ज्ञान, शीप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् बारे एकत्रित जानकारी उपलब्ध गराउने उदेश्यले श्रमिक बैंकको स्थपना गर्न लागेको मन्त्री यादवले बताए । 

विकास र औद्योगिकरणले गति लिदैगर्दा मौजुदा श्रमिकको पर्याप्तता सुनिश्चित गर्न र श्रमिक बैंकको स्थपनाले श्रमिकको सम्रग व्यवस्थापनमा मदत पुर¥याउने भएकोलेश्रमिक बैंकको आवश्यता रहेको मन्त्री यादवले प्रष्ट पारे । 
मंगलबार मन्त्रालयको बैठक हलमा मन्त्री यादवको उपस्थितीमा विज्ञ टोलीले श्रमिक बैंकको कार्यन्वयन बारे प्रस्तुतिकरण गरेका थिए ।