१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली विकास बैंक घोटाला प्रकरणः एमाले नेता मिश्र पक्राउ



अ+ अ-

काठमाडौँ । कर्णाली विकास बैंक घोटाला आरोपमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् ।

मिश्रलाई बुधबार प्रहरीले बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको हो ।

मिश्र नेकपा (एमाले)का केन्द्रीय सदस्य पनि हुन् । मिश्र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा पराजित भएका थिए । मिश्र २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए ।

कर्णाली विकास बैंकमा २ अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना भएको सिआइबीको निष्कर्ष छ ।

सोही प्रकरणमा यसअघि कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक ६५ वर्षीय राजेन्द्रवीर राय पनि पक्राउ परेका थिए । उनी उक्त बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसमेत थिए । मिश्र भने फरार रहँदै आएका थिए ।

प्रहरीले उनीहरूविरूद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६५ अन्तर्गत नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान गरिरहेको छ ।