काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्याण्डसँग खेल्दैछ ।
पौने चार बजे सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
यसअघिका शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जितका निकालेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पनि हराएको थियो ।










