२४ मंसिर २०८२, बुधबार
,
Latest
जेन–जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प—मस्कबीच आर्थिक नीति र खर्च विधेयकमा एक अर्काको आलोचना



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कले ट्रम्प प्रशासनको व्यापक कर–कटौती र खर्च विधेयकलाई लिएर एकअर्काविरुद्ध तिखो टिप्पणी गरेका छन् ।

मस्कले प्रशासन छोडेको एक हप्तापछि यस्तो टिप्पणी आएको हो । यो कर–कटौती र खर्च विधेयकलाई सुन्दर विधेयकका रुपमा ट्रम्प प्रशासनले लिँदै आएको छ । यो विधेयक ट्रम्पको मुख्य एजेन्डाको हिस्सा हो । यसमा विद्युतीय सवारी साधनका उपभोक्ताहरूका लागि कर क्रेडिट हटाउने, सीमा सुरक्षामा लगानी वृद्धि गर्ने र कर्पोरेट तथा व्यक्तिगत कर दरहरू घटाउने जस्ता आर्थिक उपायहरू समावेश छन् ।

मस्कले यो विधेयकको कडा आलोचना गर्दै आएका छन् । उनले सामाजिक सञ्जालमा यो विधेयकलाई घिनलाग्दो पोर्कको पहाडका रुपमा टिप्पणी गरे ।

ट्रम्पले मस्कको असन्तुष्टिको कारण विधेयकले विद्युतीय सवारी साधनका उपभोक्ताहरूका लागि कर क्रेडिट हटाउने प्रस्ताव रहेको बताए । जसले विद्युतीय सवारी साधन निर्माता टेस्लाका सीईओको रूपमा मस्कको हितलाई असर गरेको थियो ।

ट्रम्पले मस्कलाई पागल भएको टिप्पणी गरे । ट्रम्पको मस्कप्रति आलोचनापछि टेस्लाको शेयर मूल्य १५ प्रतिशतभन्दा बढीले घट्यो । यो वर्षको हिसावले । टेस्लाको सेयर मूल्य ३० प्रतिशतभन्दा बढीले घटिसकेको छ ।

मस्क एक समय ट्रम्पका कट्टर समर्थक थिए । जसले २०२४ मा ट्रम्पको अभियानलाई समर्थन गर्न करिव ३०० मिलियन अमेरिकी डलर खर्च गरेका थिए ।