३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै व्यक्ति पत्रकारदेखि सरकारी जागिरेसम्म, चल्यो १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा



अ+ अ-

काठमाडौँ । दुई दशकदेखि सरकारी कर्मचारीको हैसियत लुकाएर पत्रकार, बिमा अभिकर्ता र विज्ञापन एजेन्ट भएर दोहोरो–तेहेरो सुविधा लिएको अभियोगमा टीकाप्रसाद भट्टमाथि भ्रष्टाचार मुद्दा चलाइएको छ ।

रामेछापको मन्थली नगर विकास समिति रामेछापमा कार्यरत नायब सुब्बा भट्टले एकै पटक सरकारी कर्मचारी, पत्रकार, सहकारी सञ्चालक, बीमा अभिवकर्ता र विज्ञापन एजेन्सीको व्यवस्थापक भएर दोहोरो–तेहोरो सुविधा लिएको पुष्टि भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको हो ।

अख्तियारले रामेछापको मन्थली नगर विकास समितिमा कार्यरत नायब सुब्बा भट्टसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

भट्टले विभिन्न परिचय र पेशा प्रयोग गरी राज्यकोषबाट १ करोड १५ लाखभन्दा बढीको अवैध लाभ लिएको अख्तियारको ठहर छ ।

भट्टले आफूलाई कान्तिपुर राष्ट्रिय दैनिकको पत्रकार बताउँदै जिल्ला प्रशासनका विभिन्न कार्यालयहरूमा पहुँच बनाएका थिए । आयोगका अनुसार उनले कर्मचारीको परिचय लुकाई पत्रकारको हैसियतमा काज, भ्रमण र बैठक भत्ताको रकम असुल गरेका थिए ।

उनी एकैपटक तीनदेखि चारवटा पेसामा संलग्न रहेको खुलेको छ । उनी, कान्तिपुर पब्लिकेशन लिमिटेडमा स्थायी पत्रकार, मन्थली नगर विकास समितिमा नायब सुब्बा, मिडाड नेपाल नामको विज्ञापन एजेन्सीका स्थानीय प्रतिनिधि, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीका बीमा अभिकर्ता र मन्थली बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष रहेको खुल्नमा आएको हो ।

अख्तियारले भट्टले यी सबै स्थान र कार्यालयबाट दोहोरो–तेहेरो सुविधा लिँदै आएको आरोपसहित भ्रष्टाचार मुद्दा चलाएको हो ।

अख्तियारका अनुसार भट्टले २०४९ सालमा अस्थायी खरिदार पदमा नियुक्ति लिएका थिए । तर कानुनविपरीत अनिश्चितकालीन म्याद थप गरी २०७० मा नायब सुब्बामा बढुवा लिएको भेटिएकको छ । आयोगका अनुसार उनले बढुवाको लागि आवश्यक प्रक्रिया पूरा नगरेको भेटिएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/06/3OScpL.pdf”]