४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै व्यक्ति पत्रकारदेखि सरकारी जागिरेसम्म, चल्यो १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा



अ+ अ-

काठमाडौँ । दुई दशकदेखि सरकारी कर्मचारीको हैसियत लुकाएर पत्रकार, बिमा अभिकर्ता र विज्ञापन एजेन्ट भएर दोहोरो–तेहेरो सुविधा लिएको अभियोगमा टीकाप्रसाद भट्टमाथि भ्रष्टाचार मुद्दा चलाइएको छ ।

रामेछापको मन्थली नगर विकास समिति रामेछापमा कार्यरत नायब सुब्बा भट्टले एकै पटक सरकारी कर्मचारी, पत्रकार, सहकारी सञ्चालक, बीमा अभिवकर्ता र विज्ञापन एजेन्सीको व्यवस्थापक भएर दोहोरो–तेहोरो सुविधा लिएको पुष्टि भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको हो ।

अख्तियारले रामेछापको मन्थली नगर विकास समितिमा कार्यरत नायब सुब्बा भट्टसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

भट्टले विभिन्न परिचय र पेशा प्रयोग गरी राज्यकोषबाट १ करोड १५ लाखभन्दा बढीको अवैध लाभ लिएको अख्तियारको ठहर छ ।

भट्टले आफूलाई कान्तिपुर राष्ट्रिय दैनिकको पत्रकार बताउँदै जिल्ला प्रशासनका विभिन्न कार्यालयहरूमा पहुँच बनाएका थिए । आयोगका अनुसार उनले कर्मचारीको परिचय लुकाई पत्रकारको हैसियतमा काज, भ्रमण र बैठक भत्ताको रकम असुल गरेका थिए ।

उनी एकैपटक तीनदेखि चारवटा पेसामा संलग्न रहेको खुलेको छ । उनी, कान्तिपुर पब्लिकेशन लिमिटेडमा स्थायी पत्रकार, मन्थली नगर विकास समितिमा नायब सुब्बा, मिडाड नेपाल नामको विज्ञापन एजेन्सीका स्थानीय प्रतिनिधि, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीका बीमा अभिकर्ता र मन्थली बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष रहेको खुल्नमा आएको हो ।

अख्तियारले भट्टले यी सबै स्थान र कार्यालयबाट दोहोरो–तेहेरो सुविधा लिँदै आएको आरोपसहित भ्रष्टाचार मुद्दा चलाएको हो ।

अख्तियारका अनुसार भट्टले २०४९ सालमा अस्थायी खरिदार पदमा नियुक्ति लिएका थिए । तर कानुनविपरीत अनिश्चितकालीन म्याद थप गरी २०७० मा नायब सुब्बामा बढुवा लिएको भेटिएकको छ । आयोगका अनुसार उनले बढुवाको लागि आवश्यक प्रक्रिया पूरा नगरेको भेटिएको छ ।

3OScpL