२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव



अ+ अ-

काठमाडौँ।  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम सम्बन्धी विधेयकमा कुनैपनि किसिमको विरोधाभास नरहेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा मन्त्री यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रश्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफमा उक्त कुरा बताउनुभएको हो ।

विधेयकका प्रावधानबारे प्रष्ट पार्दै उहाँले जोखिमयुक्त र शोषणमूलक कार्यलाई पूर्ण रूपमा निषेध गरिएको र बालबालिकालाई नकारात्मक असर नपुर्याउने सुरक्षित प्रकृतिका कार्यहरूलाई मात्र नियमन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार यो अभ्यास विश्वव्यापी मान्यतामा आधारित रहेको छ ।

प्रश्तावित विधेयकमा १३ वर्ष उमेर पूरा भएका बालबालिकाले कडा सर्तहरूको अधीनमा रही विद्यालय समयबाहेक (अघि र पछि) सामान्य काम गर्न पाउने व्यवस्था गरिएको छ ।

उहाँले भन्नुभयो, ‘विधेयकमा कुनै विरोभाभास नरहेको कुरामा म स्पष्ट पार्न चाहन्छु । जोखिमयुक्त र शोषणमूलक कार्यलाई पूर्ण रुपमा निषेध गरिएको छ ।

जबकी बालबालिकालाई नकारात्मक असर नपुर्याउने सुरक्षित प्रकृतिका कार्यलाई मात्र नियमन गरिएको हो । यो अभ्यासलाई विश्वव्यापी रुपमा समेत अवलम्वन गरिएको मान्यता हो । सोहीबमोजिम १३ वर्ष उमेर पुगेपछि कडा शर्तसहित विद्यालय अघि र पछिको समयमा हुलका काम गर्न पाउने व्यवस्था गरिएको छ ।’

विधेयक सभामा पेश भएसँगै अब यसमाथि संशोधन प्रश्ताव दर्ता गराउने प्रक्रिया समेत खुला भएको छ ।–न्युज एजेन्सी नेपाल