८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

थाइल्याण्डमा सेरेस ३ को लन्च भएसँगै विश्वभरी बिस्तार हुँदै सेरेस

थाइल्याण्डमा सेरेस ३ को लन्च भएसँगै विश्वभरी बिस्तार हुँदै सेरेस
अ+ अ-

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो सेरेस ३ ईभी एसयुभीसँगै थाई बजारमा औपचारिक प्रवेश गरेको छ।

चीनबाट पूर्णरूपमा आयात गरिएको यो गाडीलाई एडिसन ईभी कम्पनी लिमिटेड मार्फत थाई बजारमा उपलब्ध गराइएको हो। यस कम्पनीलाई चोङकिङ सोकोन मोटर इम्पोर्ट एक्सपोर्ट कम्पनी लिमिटेडले थाईल्याण्डका लागि एक मात्र आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ।

सेरेस ३ दुई भेरियन्टमा उपलब्ध छ जस अनुसार सेरेस ३ कम्फर्ट – मूल्य: ६,७०,००० थाई भाट र सेरेस ३ कम्फर्ट सनरुफ – मूल्य: ६,९९,९०० थाई भाटरहेको छ ।

एडिसन ईभीकि डिलर नेटवर्क डेभलपमेन्ट म्यानेजर तञ्जिरा पुरिटपुट्टिफनका अनुसार कम्पनीले थाईल्याण्डमा एउटा केन्द्रीय शोरूम स्थापना गर्ने तयारी गर्दैछ र स्थानीय साझेदारहरूसँग मिलेर विद्युतीय सवारीको बजार विस्तार गर्ने योजनामा छ। कम्पनीको सन् २०२५ भित्र देशभर ३० वटा डिलर खोल्ने र एक वर्षमै १,००० युनिट बिक्री गर्ने लक्ष्य रहेको छ।

यो कदमले डीएफएसके र सेरेसको दक्षिणपूर्वी एसियामा बजार विस्तार गर्ने योजनामा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ। सेरेसले स्मार्ट र दिगो प्रविधिमा आधारित विद्युतीय सवारी समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ। सहज प्रयोग, सहरमैत्री सुविधा र उपयुक्त मूल्यका कारण सेरेस ३ थाई बजारमा प्रभावकारी ढङ्गले अगाडि बढ्ने अपेक्षा गरिएको छ।

सेरेस सेतो, रातो, निलो, कालो र खरानी गरी पाँचवटा रङहरूमा उपलब्ध छ। भित्री भागमा भने ग्राहकहरूको रुचिअनुसार रोज्नका लागि कालो र खैरो गरी दुईवटा विकल्प रहेका छन्।

थाईल्याण्डमा भएको यो सुरुवातलाई सेरेसको ग्लोबल ईभी रणनीतिमा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। एडिसन ईभी जस्ता अनुभवी साझेदारको साथमा यस ब्रान्डले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लैजान खोजेको देखिन्छ।