३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘के घर के डेरा : घर नं २’को बलियो वर्ड अफ माउथ

‘के घर के डेरा : घर नं २’को बलियो वर्ड अफ माउथ
अ+ अ-

काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’ले राम्रो वर्ड अफ माउथ पाउन थालेको छ । आजबाट रिलिज भएको चलचित्रले सकारात्मक वर्ड अफ माउथ पाउन थालेको हो ।

“बिहानभन्दा बेलुकाका शोमा दर्शकको संख्या धेरै देखिन थालेको छ । बिहानभन्दा बेलुका उच्च अकुपेन्सी देखिएको छ,” निर्देशक दीपेन्द्र के खनालले भने, “वर्ड अफ माउथ बलियो हुँदै गएको छ । हेर्नेजति दर्शकले सिनेमा राम्रो रहेको बताउनु भएको छ ।”

कसरी जिन्दगी जिउने भन्ने सिनेमामा रहेको र त्यही नै सिनेमाको सबैभन्दा राम्रो पक्ष रहेको भन्दै दर्शकले तारिफ गरिरहेको निर्देशक खनालले बताए ।

प्रिमियरमा हेर्ने दर्शकले जसरी सिनेमा मन पराएका थिए, त्यस्तै नियमित शोमा पनि सिनेमा मन पराइरहेको उनले बताए । “हाम्रो सिनेमाको सबैभन्दा सशक्त पब्लिसिटीको टुल्स नै दर्शकको प्रतिक्रिया हो,” निर्देशक खनालले भने, “हामीले जे विश्वास गरेका थियौँ, त्यस्तै भइरहेको छ । दर्शकबाटै हाम्रो सिनेमाको पब्लिसिटी भइरहेको छ ।”

आफूसहितको निर्माण युनिटले राम्रो सिनेमा दर्शकलाई दिएको उनको भनाइ छ । “हाम्रो कर्तब्य दर्शकलाई राम्रो सिनेमा दिने हो, दियौँ,” उनले भने, “अब हामीलाई दर्शकको साथ चाहिएको छ । हेरेर जस्तो लाग्यो त्यस्तै प्रतिक्रियाको अपेक्षा गरेका छौँ ।”

चलचित्रको प्रिमियरमा १८० सर्वसाधारणलाई पास दिएर निर्माणपक्षले चलचित्र हेराएको थियो । यसरी सिनेमा हेर्ने दर्शकले चलचित्रको तारिफ गरेका थिए ।
मल्टी स्टार रहेको सिनेमा ‘के घर के डेरा : घर नं २’ आजबाट प्रदर्शनमा आएको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र उच्च शो र अपेक्षासहित आजबाट हलमा आएको हो । ‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकार लगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।