३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘के घर के डेरा : घर नं २’को बलियो वर्ड अफ माउथ



अ+ अ-

काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’ले राम्रो वर्ड अफ माउथ पाउन थालेको छ । आजबाट रिलिज भएको चलचित्रले सकारात्मक वर्ड अफ माउथ पाउन थालेको हो ।

“बिहानभन्दा बेलुकाका शोमा दर्शकको संख्या धेरै देखिन थालेको छ । बिहानभन्दा बेलुका उच्च अकुपेन्सी देखिएको छ,” निर्देशक दीपेन्द्र के खनालले भने, “वर्ड अफ माउथ बलियो हुँदै गएको छ । हेर्नेजति दर्शकले सिनेमा राम्रो रहेको बताउनु भएको छ ।”

कसरी जिन्दगी जिउने भन्ने सिनेमामा रहेको र त्यही नै सिनेमाको सबैभन्दा राम्रो पक्ष रहेको भन्दै दर्शकले तारिफ गरिरहेको निर्देशक खनालले बताए ।

प्रिमियरमा हेर्ने दर्शकले जसरी सिनेमा मन पराएका थिए, त्यस्तै नियमित शोमा पनि सिनेमा मन पराइरहेको उनले बताए । “हाम्रो सिनेमाको सबैभन्दा सशक्त पब्लिसिटीको टुल्स नै दर्शकको प्रतिक्रिया हो,” निर्देशक खनालले भने, “हामीले जे विश्वास गरेका थियौँ, त्यस्तै भइरहेको छ । दर्शकबाटै हाम्रो सिनेमाको पब्लिसिटी भइरहेको छ ।”

आफूसहितको निर्माण युनिटले राम्रो सिनेमा दर्शकलाई दिएको उनको भनाइ छ । “हाम्रो कर्तब्य दर्शकलाई राम्रो सिनेमा दिने हो, दियौँ,” उनले भने, “अब हामीलाई दर्शकको साथ चाहिएको छ । हेरेर जस्तो लाग्यो त्यस्तै प्रतिक्रियाको अपेक्षा गरेका छौँ ।”

चलचित्रको प्रिमियरमा १८० सर्वसाधारणलाई पास दिएर निर्माणपक्षले चलचित्र हेराएको थियो । यसरी सिनेमा हेर्ने दर्शकले चलचित्रको तारिफ गरेका थिए ।
मल्टी स्टार रहेको सिनेमा ‘के घर के डेरा : घर नं २’ आजबाट प्रदर्शनमा आएको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र उच्च शो र अपेक्षासहित आजबाट हलमा आएको हो । ‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकार लगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।