३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘के घर के डेरा : घर नं २’मा धेरै पात्र भए पनि कथाको उठान र बैठान प्रभावशाली – खगेन्द्र लामिछाने

‘के घर के डेरा : घर नं २’मा धेरै पात्र भए पनि कथाको उठान र बैठान प्रभावशाली – खगेन्द्र लामिछाने
अ+ अ-

काठमाडौं। अभिनेता खगेन्द्र लामिछानेले ‘के घर के डेरा : घर नं २’ मा ठूलो संख्यामा स्टार कलाकार रहे पनि कथाको उठान र बैठानमा समस्या नरहेको बताएका छन् ।

चलचित्रमा धेरै पात्रको कथा रहेको तर त्यसको उठान र बैठान सरल र कुशल रहेको खगेन्द्रको दाबी छ । उनी आफैँ पनि सबै पात्रको सहज ल्यान्डिङ देखेर छक्क परेको बताएका छन् ।

“म आफैँ पनि लेख्ने भएकाले धेरै पात्र हुँदा कसरी हरेक पात्रलाई सहज ल्यान्डिङ गर्ने भन्नेमा अलमलमा हुन्छु । तर यो चलचित्रमा त्यस्तो छैन,” उनले भने, “यसमा लेखकले लेख्दा पनि धेरै काम भएको होला । निर्देशकले पनि यसमा काम गरेको देखिन्छ, जसका कारण हरेक क्यारेक्टरको सहज ल्यान्डिङ छ ।”

उनले यो चलचित्रमा अचनाक काम गरेको बताएका छन् । चलचित्र ‘विमान’को काममा व्यस्त रहेका बेला निर्देशक दीपेन्द्र के खनालले यो क्यारेक्टरमा तपाईंबाहेक अरु कोही पनि हुँदैन भनेपछि आबद्ध भएको उनको भनाइ छ । अरु निर्देशकले बोलाएको भए सायद नगर्ने उनले बताए । दीपेन्द्रसँग छुट्टै खालको बन्डिङ भएको उनले बताए ।

“दिउँसो ‘के घर के डेरा : घर नं २’मा काम गरेर रातिराति विमानको काम गर्थें,” उनले भने । क्यारेक्टरका लागि काम गर्ने समय धेरै नरहेकाले आफूले आफ्नो चरित्र निर्माणको सबै काम निर्देशकमा छोडिदिएको अभिनेता खगेन्द्रले स्मरण गरे ।

“म विमानको कामको प्रेसरमा थिएँ । त्यसैले क्यारेक्टरमा लामो समय लिएर काम गर्न सम्भव थिएन,” उनले भने, “मैले यो कुरा निर्देशकलाई भनेको थिएँ । उहाँले जसरी काम लगाउनुभयो, मैले त्यसैगरी डिरेक्टर एक्टर भएर काम गरेको हुँ ।”

‘दिमाग खराब’मा पनि आफूले यसैगरी काम गरेको उनले स्मरण गरे । त्यसैले यही दुई सिनेमामा आफूले गरेको कामको श्रेय पनि निर्देशकलाई जाने उनको भनाइ छ ।

‘के घर के डेरा : घर नं २’मा घरभेटी, डेरावाल तथा घर र डेरा नै नभएको व्यक्तिको कथा रहेको उनले प्रष्ट पारे । यो नै चलचित्रको सुन्दर पक्ष भएको उनको भनाइ छ ।

यही कारण यो चलचित्र सबैको मन छुने उनको भनाइ छ । उनले गाउँबाट सहर आएर संघर्ष गर्ने मानिसहरूको कथा भएको बताए । त्यसैले यसलाई मौलिक कथा भन्न उनी रुचाउँछन् ।

‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदै छ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । चलचित्रमा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।