२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिकोः बार्सिलोनाले रियललाई हरायो



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको ‘एल क्लासिको’ खेलमा बार्सिलोनाले रियल चीर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ४–३ गोलले हराएको हो ।

दुई गोलले पछि परेको बार्सिलोनाले पुनरागमन जित निकालेको हो । खेलको पहिलो हाफमा नै ६ गोल भएको थियो । रियलका किलियन एमबाप्पेले ह्याट्रिक गरेपनि टोलिको हार टार्न सकेनन् ।

खेलको पाँचौं मिनेटमा नै एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा उनले नै गोल थप्दै रियलको अग्रता दोब्बर पारे । तर, त्यसपछि बार्सिलोना खेलमा लयमा फर्कियो । १९ औं मिनेटमा एरिक गार्सियाले गोल गर्दै बार्सिलोनालाई १–२ को स्थितीमा ल्याए ।

बार्सिलोनाले १३ मिनेटको अन्तरालमा तीन गोल गर्यो । ३२ औं मिनेटमा लामिन यामलले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याए भने ३४ औं र ४५ औं मिनेटमा राफिन्हाले गोल गरेपछि पहिलो हाफमै बार्सिलोनाले ४–२ ले अग्रता बनायो ।

यता, ७० औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै ह्याट्रिक पूरा गरेपनि उनले टोलिको हार टार्न सकेनन् ।

यो जितसँगै बार्सिलोनाले सात अंकको अग्रता बनाएको छ । शीर्षस्थानको बार्सिलोनाको ३५ खेलबाट ८२ अंक छ भने रियलको ७५ अंक छ ।