४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै

एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै
अ+ अ-

 

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी समिति अध्यक्ष डा. आनन्द सिंह भाटले काठमाडौं उपत्यकाका स्थानीय तह तथा उद्योगबाट निस्कने रासायनिक पदार्थसहितको फोहोर बागमती नदीमा मिसिँदा नदीको पानी प्रदूषित भइरहेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बागमती ब्युटिफिकेशन आयोजनासम्बन्धी छलफलमा बोल्दै अध्यक्ष भाटले एक वर्षभित्र बागमती नदीमा स्वच्छ पानी बग्ने गरी ढल व्यवस्थापनको काम भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार ढल व्यवस्थापनसँग सम्बन्धित सबै निकायलाई समेटेर खानेपानी मन्त्रालयको समन्वयमा बागमती सभ्यताको नेतृत्वमा समन्वय समिति गठन गर्ने तयारी भइरहेको छ । आगामी सोमवार यस विषयमा बैठकसमेत राखिएको उहाँले बताउनुभयो ।

समन्वय समितिमार्फत बागमती नदीमा देखिएका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायको भूमिका स्पष्ट गर्ने योजना रहेको उहाँको भनाइ छ ।

अध्यक्ष भाटले स्थानीय तह र संघीय सरकारबीचको समन्वयको अभाव तथा बागमती सभ्यता समितिको स्पष्ट क्षेत्राधिकार नहुँदा नदीलाई स्वच्छ बनाउने अभियानमा चुनौती देखिएको बताउनुभयो । उहाँले बागमती नदी संरक्षणमा स्थानीय सरकारहरूले समेत जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कार्पेट डाइङ उद्योगलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी नदीमा मिसिन नदिन आवश्यक व्यवस्था गर्नुपर्ने बताउनुभयो । त्यस्तै काठमाडौं उपत्यकाबाट निर्माण सामग्री, मासुजन्य फोहोर तथा अन्य ठोस पदार्थ ढल, कल्भर्ट र च्याम्बरमा फाल्ने प्रवृत्तिले ढल अवरुद्ध हुने समस्या बढाएको उहाँले बताउनुभयो ।

ढल सफाइका क्रममा गरिएको परीक्षणमा ग्रिड च्याम्बरमा छोटो समयमै दुईदेखि तीन ट्रकसम्म सिल्ट जम्मा भएको पाइएको जानकारी दिँदै उहाँले यस्तो अवस्थाले ढल व्यवस्थापनमा ठूलो चुनौती थपिएको बताउनुभयो ।

अध्यक्ष भाटले बागमतीको सरसफाइ तथा संरक्षणका लागि समितिले गर्ने गतिविधिमा स्थानीय सरकारले हस्तक्षेप गर्ने गरेको गुनासोसमेत गर्नुभयो । नदी सफाइ तथा ढल व्यवस्थापनलाई प्रभावकारी बनाउन सबै तहका सरकार र सम्बन्धित निकायबीच स्पष्ट समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।