३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति

गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति
फाइल फोटो
अ+ अ-

काठमाडाैँ  । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्ड विस्तारका क्रममा प्रभावित घरधनीहरूले क्षतिपूर्तिबापतको रकम प्राप्त गरेका छन् ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय, गुल्मीले सडक विस्तारका क्रममा प्रभावित क्षेत्रका घरधनीलाई रु १० करोड ३६ लाख ७१ हजार ४५९ क्षतिपूर्ति उपलब्ध गराएको हो ।

मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिले गरेको मूल्याङ्कनका आधारमा सम्बन्धित घरधनीहरूको बैंक खातामा रकम जम्मा गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इन्जिनियर एवं सूचना अधिकारी प्रभात तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रिडी–भेँडुवा सडकखण्डका १३८ जना घरधनी र रिडी–खर्ज्याङ सडकखण्डका ४६ जना घरधनीलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

सडक विस्तारका क्रममा घर तथा अन्य संरचना प्रभावित भएपछि समितिले गरेको मूल्याङ्कनका आधारमा क्षतिपूर्ति वितरण गरिएको कार्यालयले जनाएको छ । सडक निर्माण तथा विस्तारलाई तीव्रता दिन प्रभावित घरधनीलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो ।