४ भाद्र २०८३, बिहीबार
,
Latest
गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन “नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा



अ+ अ-

काठमाडौँ । इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई ४–३ गोलले हराउँदै समग्रमा ७–६ को नतिजासहित इन्टरले फाइनलमा स्थान बनाएको हो ।

इन्टरको घरेलु मैदान सान सिरोमा निर्धारित समयसम्म खेलमा दुबै टोलि बराबरीको अवस्थामा रहँदा खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । खेलको २१ औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४५ औं मिनेटमा हाकन काल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई २–० ले अघि बढाए । यता, ५४ औं मिनेटमा एरिक गार्सियाले र ६० औं मिनेटमा डानी ओल्मोले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याए । ८७ औं मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सिलोना ३–२ ले अघि बढ्यो ।

त्यसबेला बार्सिलोनाको जित पक्कापक्की भइसकेको थियो । तर, इन्जुरी समयमा फ्रान्सिस्को अकेर्वीले गोल गर्दै इन्टरलाई ३–३ को बराबरीमा ल्याउँदै इन्टरको सम्भावना कायमै राखे । त्यसपछि खेल अतिरिक्त समयतर्फ धकेलियो ।

९९ औं मिनेटमा डेभिड फ्राटेसीले गोल गर्दै इन्टरलाई ४–३ ले अगाडि बढाए । १२० औं मिनेटसम्म उनको गोलले नै काम गर्यो र इन्टरलाई फाइनलको यात्रा दिलायो ।

अब इन्टरले फाइनलमा आज राति हुने पिएसजी र आर्सनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।




भर्खरै