३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘जार’को लागि अरू फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेँ’: अनुपविक्रम शाही

‘जार’को लागि अरू फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेँ’: अनुपविक्रम शाही
अ+ अ-

दार्जिलिङ। प्रदर्शोन्मुख फिल्म ‘जार’का प्रमुख अभिनेता अनुपविक्रम शाहीले यो फिल्मको हिस्सा बन्न पाउनु आफ्नो करियरको ठुलो उपलब्धि रहेको बताएका छन् ।

फिल्मको प्रचारप्रसारको क्रममा भारतको दार्जिलिङ पुगेका शाहीले स्थानीय पत्रकारहरूसँग कुरा गर्दै इन्द्रबहादुर राईद्वारा लिखित नेपाली समाजको ऐतिहासिक कृतिमाथिको फिल्ममा अभिनय गर्न पाउनु नै आफ्नो लागि गर्वको कुरा रहेको बताए ।

यो फिल्म मेरो लागि थप विशेष छ, मैले विगतमा गर्दै आएको पात्रबाट बाहिर निस्केर यो पटक बिलकुलै फरक पात्रलाई बोकेको छु, उनले भने, ‘जारको हर्षजीत पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेको छु ।’ सिक्किम र दार्जिलिङका स्थानीय दर्शकसँग नजिकबाट साक्षात् गर्न पाउँदा खुशी लागेको बताउँदै उनले गोर्खाली पुर्खाको वास्तविक विगतलाई नजिकबाट थाहा पाउन ‘जार’ उपयुक्त विकल्प रहेको बताए ।

निर्देशक फुर्वाछिरिङ लामाले ‘जार’ले सयौँ वर्ष पुरानो गोर्खाली समाजको कथा बोलेको भन्दै गोर्खाली नयाँ पुस्तालाई नै आफ्नो फिल्म समर्पित गरिएकोले हेरेर साथ दिन आग्रह गरे । यो फिल्म हामीले गोर्खालीकै लागि तयार गरेका हौँ, आइबी राईज्यूको कथालाई जस्ताको तस्तै पर्दामा उतार्ने कोशिश गरेका छौँ’, उनले भने ।

कार्यकारी निर्माता ज्योति क्षेत्रीले एउटा उत्कृष्ट फिल्म तयार गर्न लगानीमा कुनै कम्प्रमाइज नगरिएको बताइन् । सिक्किम प्रिमियरमा प्राप्त दर्शक समीक्षाले उत्साहित बनाएको बताउँदै निर्माता क्षेत्रीले यही मे ९ (वैशाख २६) बाट फिल्म प्रदर्शनमा आउँदा सिक्किम, दार्जिलिङ र नेपाल सबै ठाउँका दर्शकबाट साथ र माया पाउने विश्वास व्यक्त गरिन् । यो फिल्ममा अनुपविक्रमसँगै सौगात मल्ल र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको प्रमुख अभिनय छ ।