३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सिक्किममा ‘जार’ वर्ल्ड प्रिमियर: दर्शकबाट उत्कृष्ट प्रशंसा

सिक्किममा ‘जार’ वर्ल्ड प्रिमियर: दर्शकबाट उत्कृष्ट प्रशंसा
अ+ अ-

सिक्किम। यही वैशाख २६ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘जार’को सिक्किममा ग्राण्ड वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । सिक्किम गान्तोकस्थित वाज्रा वर्ल्डमा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वहरू तथा सिक्किमबाट नेपाली चलचित्र उद्योगमा प्रतिनिधित्व गर्ने चलचित्रकर्मीहरूको उपस्थिति थियो ।

चलचित्रको प्रीमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेता द्वय सौगात मल्ल र अनुपविक्रम शाहीसहितको टिम नेपालबाट सिक्किम पुगेको थियो । ७ सय सिट क्षमताको वाज्रा हल अतिथि दर्शकबाट भरिएको थियो । पारिवारिक कारणबस अभिनेत्री गीताञ्जली थापा भने आफ्नो चलचित्रको पहिलो प्रीमियरमा सहभागी हुन सकिनन् ।

चलचित्र हेरिसकेपछि स्थानीय दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । चलचित्रलाई पर्दामा नियाल्दै केही घण्टा मात्रै पनि आफ्नै समाजको इतिहासको साक्षी बस्न पाउँदा सिक्किमेली दर्शक कोही भावुक त कोही उत्साहित देखिए । कलाकार, निर्देशक, सिनेमाटोग्राफी, विजिएम र भिएफएक्सलाई दर्शकले तारिफ गरे । गायिका तथा संगीतकार झुमा लिम्बुको संगीत प्रशंसाको केन्द्रमा पर्ने अर्को पक्ष बन्यो । नवकलाकार सुस्मिता भुजेलको अभिनय कलालाई पनि दर्शकले स्वागत गरेका छन् ।

वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्रले कृतिलाई पूर्णतः न्याय गरेको निर्देशक साम्तेन भुटियाले बताए । नेपाली मौलिकता पस्केको ‘जार’ अभिनय, निर्देशक र प्राविधिक सबै पक्षमा अब्बल बनेको उनको भनाइ छ । धेरै चलचित्रमा निर्देशकलाई भेट्नै मुस्किल पर्छ, यो चलचित्रमा हरेक जसो दृश्यमा निर्देशकलाई पाउन सकिन्छ, राम्रो चलचित्रको बलियो पक्ष नै यो हो, साम्तेनले भने, ‘धेरै लामो दृश्यमा संवाद नै नराखी पनि निर्देशकले दर्शकलाई होल्ड गर्न सफल छ, एउटा सृजनशील मेकर नेपाली चलचित्रले पाएको छ।’

दिग्गज अभिनेता उत्तम प्रधानले चलचित्र उत्कृष्ट बनेको भन्दै सम्पूर्ण टिमलाई बधाई दिए । कलाकारको अभिनय र निर्देशकीय पक्षलाई तारिफ गर्न समय खर्चेका प्रधानले नेपाली दर्शकले आफ्नो समाजको विगत थाहा पाउन ‘जार’ एक पटक हेर्नै पर्ने चलचित्र रहेको बताए ।

मुख्यतः निर्देशक फुर्वा लामा, अभिनेत्री गीताञ्जली, अभिनेता द्वय सौगात र अनुपविक्रम दर्शकको प्रशंसाको केन्द्रमा परे । चलचित्र हेरिसकेपछि उनीहरूसँग तस्बिर र सेल्फीको लागि दर्शकले पालो पर्खेर बसेका थिए ।

चलचित्रमा महँगो लगानीमा भिएफएक्सबाट तयार गरिएको बाघको दृश्यले सबैको ध्यान खिच्यो । जस्ताको तस्तै उतार्ने प्रयत्नसहित तयार गरिएको दृश्य पर्दामा आउँदा दर्शकले सिठ्ठी र तालीले स्वागत गरे ।

निर्देशक फुर्वा छिरिङ लामाले आफूले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएको भन्दै कतिपय ठाउँमा गरिएका नयाँ प्रयोग र जोखिमलाई दर्शकले अनुमोदन गरेको बताए । ‘खेलाडीले खेल सकेपछि कस्तो खेल्यो र के सिक्न पायो भन्ने हुन्छ, दर्शक प्रतिक्रियाले उत्साहित छु, वर्षौको मेहनतले सम्मान पाउँदा खुशी छु’ , उनले भने ।

अभिनेता द्वय सौगात र अनुपविक्रमले सिक्किमेली दर्शकसँगै बसेर चलचित्र हेर्दा राम्रो प्रतिक्रिया पाएको भन्दै चलचित्र पारखीलाई ‘जार’ले तृप्त बनाउने बताए । आइवी राईको अमर कृतिमा आधारित चलचित्रलाई पनि दर्शकले अमर बनाउने विश्वास सौगात र अनुपको छ ।

सिक्किम लोकसभा डेपुटी स्पिकर राजकुमारी थापा प्रमुख अतिथि रहेको कार्यक्रममा अतिथिको रूपमा सिक्किम प्रहरी प्रमुख अक्षय सच्देवा, लोकसथा सदस्य इन्द्रहाङ सुब्बा, मुखमन्त्रीका राजनीतिक सल्लाहकार ज्याकव खालिम, सिक्किम सरकारका प्रवक्ता कर्मा सुब्बा, मुख्यमन्त्री कार्यालय सचिव एसडी ढकाल लगायतका विशिष्ट राजनीतिक व्यक्तित्वहरूसहित नेपाली चलचित्र निर्माता सुस्मा गुरुङ, निर्देशक साम्तेन भुटिया, प्रशान्त रसाइली अभिनेता उत्तम प्रधान लगायत उपस्थित थिए ।

सिक्किमपछि मे ३ तारिखमा सिलिगुडी (सिलिगुरी) मा यो चलचित्रको दोस्रो प्रिमियर तय गरिएको छ । बिहीबार दार्जिलिङ पुगेर प्रचारात्मक कार्यक्रम सम्पन्न गरेपछि ‘जार’ टिम सिलिगुरी पुग्नेछ ।

सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा यो चलचित्र निर्माण भएको हो ।