२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित

थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक

थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक
अ अ+ अ-

पाँचथर।  नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा रहेको फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि चरिरहेका थरिथरीका चौँरी । यहाँका दर्जनौँ गोठबाट ल्याइएका थिए यी सयौँ चौँरीहरू । माहोल हेर्न लायक थियो ।

प्लाष्टिक र चित्राले बनाइएका दर्जनौँ स्टलमा राखिएका चौँरीजन्य सामग्रीसहित स्थानीय उत्पादनका परिकार । गोठहरूमै बसोबासको प्रबन्ध तर पनि महोत्सव सुरु नहुँदै पर्यटकको उल्लेख्य उपस्थिति । चैत ३१ गतेदेखि सुरु भएको महोत्सवको झलक थियो यो ।

उच्च पहाड भए पनि फालेलुङको चाररातेमा आज सम्पन्न आठौँ फालेलुङ चौँरी पर्यटन महोत्सवमा छुट्टै रौनक थियो । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ पर्यटक पुगेका थिए । पर्यटक चौँरीसँग तस्बिर र भिडिओ खिच्न, सामुन्नेमा देखिने हिमालको दृश्यावलोकन गर्न तथा शान्त र स्निग्ध प्रकृतिमा रमाउन व्यस्त थिए । चारराते क्षेत्रमा सयौँ चौँरी हिँडडुल र चरिचरनका क्रममा बज्ने घण्टीको आवाजले वातावरणलाई थप रोमाञ्चक बनाएको थियो । त्यसैमा रमाइरहेका थिए पर्यटक ।

गाउँपालिकाले यहाँका फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजङ्घा चौँरीपालन तथा संरक्षण संस्थासँगको सहकार्यमा आयोजना गरेको महोत्सवमा फालेलुङ र याङवरक गाउँपालिकाबाट पाँच सयभन्दा बढी चौँरी प्रदर्शनका लागि ल्याइएका थिए । महोत्सवमा चौँरीजन्य सामग्री, स्थानीय उत्पादनको प्रदर्शनी, याक र घोडा चढेर रमाइलो गर्ने व्यवस्था गरिएकाले पर्यटकहरू भरपूर मनोरञ्जन लिएका आयोजनाले जनाएको छ ।

लोपोन्मुख अवस्थामा रहेको चौँरी र चौँरीपालन संस्कृति जगेर्ना, चौँरीजन्य सामग्रीको बजारीकरणमा सघाउ, चौँरीपालनलाई दिगो र व्यवस्थित गर्न बर्सेनि महोत्सव आयोजना गरिँदै आइएको फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताउनुभयो । चौँरी पर्यटन महोत्सवको आयोजना हुन थालेपछि देशविदेशबाट यस क्षेत्रमा पर्यटक आउने क्रम बढेको र यसले चौँरीपालकको अर्थोपार्जनमा सहयोग पुगेको उहाँको भनाइ छ । “अहिले चौँरीपालनका अतिरिक्त गोठमै पर्यटकलाई होटल सेवा सिन दिइरहनुभएको छ । यसले रोजगारीका अवसर सिर्जना र आयआर्जनमा वृद्धि गरेको छ”, थाम्सुहाङले भन्नुभयो । महोत्सवले जैविक विविधता, पर्यावरण संरक्षणमा टेवा पुगेका कारण फालेलुङ गाउँपालिकाले यसलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

अगुवा चौँरीपालक चन्द्रलाल नेपालका अनुसार चौँरी महोत्सवको आयोजनापछि पाँचथरका फालेलुङ र याङवरक गाउँपालिकामा रहेका चौँरी गोठबाट उत्पादित सामग्रीले बजार पाएका छन् । महोत्सव हुन थालेपछि चौँरीबाट उत्पादित छुर्पी, घ्यू र चिजको माग धान्नै गाह्रो भएको उहाँले बताउनुभयो ।

नेपालका अनुसार चौँरीपालकले नेपाल—भारत सीमावर्ती पर्यटकीय क्षेत्रमा रहेका गोठबाट गोठबास (गोठ–स्टे) सेवा दिइरहेका छन् । यसमा विशेषगरी भारतीय पर्यटकहरू बढी  आउने गरेका छन् । गोठस्टेका कारण पर्यटन विकास र पर्यटनमा आधारित रोजगारीमा वृद्धि भएको अर्का अगुवा चौँरीपालक शिल्पकुमार राइले बताउनुभयो ।

यसअघि, महोत्सव उद्घाटनका लागि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, प्रदेशसभा सदस्य मैया श्रेष्ठ लावतीसहित पाहुना चारराते पुग्नुभएको थियो । कार्यक्रममा मन्त्री मण्डलले चौँरीजन्य संस्कृतिको जगेर्ना तथा जैविक विविधताको संरक्षण गरी यसैमा आधारित पर्यटन विकासमा जोड दिनुभयो । यहाँका चौँरीपालकले संस्कृति, परम्परा, वातावरण र जैविक विविधताको संरक्षणमार्फत पर्यटकलाई आकर्षित गरी आयआर्जनमा टेवा पुगेको भन्दै उहाँले यसमा कोशी प्रदेश सरकारले थप लगानी गर्ने बताउनुभयो ।

चौँरी पर्यटन महोत्सवमा भारतको सिक्किमका कलाकारले दुर्लभ मानिने याक नृत्य प्रस्तुत गरेका थिए । यस्तै, पाँचथर र ताप्लेजुङका चौँरीपालक कृषकको डोरी तान्ने प्रतियोगिता सम्पन्न भएको छ । महोत्सवकै अवसरमा कोशी प्रदेश भ्रमण वर्ष २०८२ को प्रचारसमेत गरिएको थियो ।

महोत्सवमा भारतका पूर्वी क्षेत्रका सयौँ पर्यटक आएका थिए । पश्चिम बङ्गालको दार्जिलिङबाट आएका पर्यटक सुशील क्षेत्रीले चौँरीबारे बुझ्न र उच्च पहाडको आनन्द लिन महोत्सवमा आएको वताउनुभयो । “यहाँ प्रकृति र संस्कृतिले साँच्चै आनन्द आउने रहेछ”, उहाँले भन्नुभयो । रासस