२८ भाद्र २०८३, आईतवार
,
Latest
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि



अ+ अ-

काठमाडौँ। नेपाल खेलकुद महासङ्घ (नेकोस) तथा राष्ट्रिय जुडो सङ्घ नेपालको संयुक्त आयोजनामा सातौँ अन्तरराष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ ।

बिहीबारदेखि हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्ला÷क्लब, भुटान र थाइल्यान्डका दुई सय ५० खेलाडीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सङ्घका अध्यक्ष धर्मकुमार श्रेष्ठकाअनुसार पुरुषमा १२ र महिलामा ११ स्पर्धामा २१ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । वैशाख ४ गते ११ तथा वैशाख ५ गते १२ स्पर्धाको फाइनल हुनेछ ।

सोही प्रतियोगिताअन्तर्गत नेकोस र जुडो सङ्घसहित नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घको संयुक्त आयोजनामा प्रथम पारा जुडो प्रतियोगिता पनि हुनेछ । पुरुषमा ६० किलोग्राम (केजी) मुनि तथा महिलामा ५२ केजीमुनि तौल समूहमा खेल खेलाइने छ ।

यसै प्रतियोगिताबाट जापानमा नोभेम्बरमा हुने डेफ ओलम्पिकमा सहभागी हुने खेलाडीको छनोट गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । दुईदिने प्रतियोगिताका खेलहरू खुसीबुँस्थित बहुउद्देश्यीय मार्सल आट्र्स केन्द्रमा हुनेछन् ।

पत्रकार सम्मेलनमा सन् २००८ को बेइजिङदेखि २०२० को टोकियासम्म लगातार चार ओलम्पिक खेलेकी तथा विश्व जुडो च्याम्पियनसिपमा दुई कास्य जितेकी अस्ट्रियाकी सब्रिना फिल्मोसरको पनि उपस्थिति रहेको थियो । रासस