५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि



अ+ अ-

काठमाडौँ। नेपाल खेलकुद महासङ्घ (नेकोस) तथा राष्ट्रिय जुडो सङ्घ नेपालको संयुक्त आयोजनामा सातौँ अन्तरराष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ ।

बिहीबारदेखि हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्ला÷क्लब, भुटान र थाइल्यान्डका दुई सय ५० खेलाडीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सङ्घका अध्यक्ष धर्मकुमार श्रेष्ठकाअनुसार पुरुषमा १२ र महिलामा ११ स्पर्धामा २१ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । वैशाख ४ गते ११ तथा वैशाख ५ गते १२ स्पर्धाको फाइनल हुनेछ ।

सोही प्रतियोगिताअन्तर्गत नेकोस र जुडो सङ्घसहित नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घको संयुक्त आयोजनामा प्रथम पारा जुडो प्रतियोगिता पनि हुनेछ । पुरुषमा ६० किलोग्राम (केजी) मुनि तथा महिलामा ५२ केजीमुनि तौल समूहमा खेल खेलाइने छ ।

यसै प्रतियोगिताबाट जापानमा नोभेम्बरमा हुने डेफ ओलम्पिकमा सहभागी हुने खेलाडीको छनोट गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । दुईदिने प्रतियोगिताका खेलहरू खुसीबुँस्थित बहुउद्देश्यीय मार्सल आट्र्स केन्द्रमा हुनेछन् ।

पत्रकार सम्मेलनमा सन् २००८ को बेइजिङदेखि २०२० को टोकियासम्म लगातार चार ओलम्पिक खेलेकी तथा विश्व जुडो च्याम्पियनसिपमा दुई कास्य जितेकी अस्ट्रियाकी सब्रिना फिल्मोसरको पनि उपस्थिति रहेको थियो । रासस