२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुन: स्थगित गरिएकोमा अखिल नेपाल खेलकुद महासंघको आपत्ति



अ+ अ-

काठमाडौं । अखिल नेपाल खेलकुद महासंघले कर्णाली प्रदेशमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएकोमा आपत्ति जनाएको छ । यो प्रतियोगिता तीन पटक स्थगित भइसकेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै खेलकुद क्षेत्र नै ध्वस्त पार्न सरकार अग्रसर रहेको आरोप लगाएको छ । खेलकद मन्त्रालयमा मन्त्री नियुक्तदेखि नै उनका दैनिक काम खेलकुदका महत्वपूर्ण संरचना ध्वस्त गर्न मै बितेको महासंघको आरोप छ ।

महासंघका अध्यक्ष शिव कोइराला र महासचिव अन्जन धमलाले संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘नीति निर्माणमा लाग्नुको साटो परिषद्का बोर्ड सदस्यहरुलाई गैरकानुनी ढंगबाट वर्खास्त गर्ने, सम्मानित अदालतको आदेशलाई समेत वेवास्ता गरी नियम कानुनलाई चुनौती दिँदै उपस्थित बैठकमा समेत हस्ताक्षर गर्न नदिने जस्ता घृणीत र अपरिपक्व निर्णय खेदजनक छन् ।’

‘वृहत दशांै राििष्ट्रय खेलकुद तोकिएको समयमा हुनुपर्ने भनि बहुमत सदस्यले राखेको मतलाई समेत वेवास्ता गर्दै अलोकतान्त्रिक ढंगवाट उक्त मतलाई कुल्चदै हिँड्नुले सरकार निरंकुश बनिरहेको स्पष्ट हुन्छ, विज्ञप्तिमा अगाडि भनिएको छ– ‘करोडौं रकम खर्च गरी प्रदेशहरुले छनौट प्रतियोगीता सम्पन्न गरिसकेको र वन्द प्रशिक्षणमा समेत राखिएका खेलाडीहरु दशौ राष्ट्रीय प्रतियोगिता को व्यग्र प्रतीक्षामा रहेको अवस्थामा सरकारले कथीत वाहानावाजी गरी प्रतियोगिता अनिश्चित कालको लागी अप्रत्यासित ढंगबाट स्थगित गर्नुलाई हजारौ खेलाडीको खेलजिवन माथीको जघन्य अपराध हो भन्न कुनै दुविधा हुन्न ।’

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/04/ANSF-press-note.pdf” title=”ANSF press note”]