९ बैशाख २०८२, मंगलवार
,
Latest
राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ की के बिनाकोः प्रधानमन्त्री ओली शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले ममाथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिनू, गम्भीर परिणाम भोग्नुपर्लाः अध्यक्ष दाहाल नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोपः टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन् मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री तरकारी खेतीबाट आत्मनिर्भर मीना कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनवाटिकामा आन्तरिक पर्यटकको घुइँचो



अ+ अ-

रुपन्दहेही। यहाँको तिलोत्तमा–२ स्थित शङ्करनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनवाटिकामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।

नयाँ वर्ष २०८२ को दिन वनवाटिकामा दर्शकको घुइँचो बढेको हो । नेपालका एक सय पर्यटकीय गन्तव्यमध्येमा परेको यस वनवाटिकामा पछिल्लो समय थपिँदै गएका पर्यटकीय संरचनाका कारण पर्यटकको आकर्षण बढेको छ । यहाँ गत चैतबाट ‘द थ्रिल एडभेन्चरको स्काई साइक्लिङ’, ‘जीपलाइन’, ‘जाइन्ट स्वीङ’, बाल उद्यान, ‘फाउण्टेन’, शान्त मनोरम दृश्य, प्राकृतिक हरियाली, ‘पिकनिक स्पट’का साथमा खुला क्षेत्र भएकाले वाटिकाको आकर्षण बढेको वाटिकाका अध्यक्ष खिमलाल पाण्डेले बताउनुभयो । नयाँ वर्षको दिन यहाँ १९ हजार बढी आन्तरिक पर्यटक आएको अध्यक्ष पाण्डेको भनाइ छ ।

आज ३० भन्दा बढी पिकनिक स्टल बुकिङ भएका थिए । वाटिकामा रु ५० टिकट शुल्क तोकिएको छ । १० वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाका लागि निःशुल्क गरिएको वाटिकाका कोषाध्यक्ष मनिराम भट्टराईले बताउनुभयो । रासस