२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक

लहानमा सलहेश फूलबारी मेलाको रौनक

लहानमा सलहेश फूलबारी मेलाको रौनक
अ अ+ अ-

सिरहा। नयाँ वर्षका दिन मात्र फुल्ने सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न लहान नगरपालिकास्थित सलहेश फूलबारीमा मेलाको रौनक छाएको छ । यो फूलबारी नौ बिघा क्षेत्रफलमा फैलिएको छ ।

वैशाख १ गते लाग्ने मेलाको पूर्वसन्ध्यामा आज अपराह्नदेखि नै फूलबारीमा श्रद्धालुहरुको चहलपहल बढेको छ । मेला समितिका अध्यक्ष जयकान्त चौधरीका अनुसार भोलि वैशाख १ गते लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

उहाँले भन्नुभयो, “मेलालाई व्यवस्थित बनाउन स्वयम्सेवक खटाउने, व्यापारिक ‘स्टल’हरु बनाउने सहज रुपमा श्रद्धालुलाई पूजास्थलसम्म पुग्ने प्रबन्ध गरिएको छ । मेलालाई व्यवस्थित गर्न सय जना स्वयम्सेवक खटाइएको छ भने भीडलाई व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरिएको छ । ”

मेला भर्न नेपाल तथा भारतबाट हजारौँ श्रद्धालु आउने गरेका छन् । दुई दिनअघिदेखि भारतका विभिन्न राज्यबाट आउने हजारौँ श्रद्धालु मेलास्थलमा नै बसेका छन् ।

प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटकीय सलहेश फूलबारी क्षेत्र लहान बजारदेखि चार किलोमिटर पश्चिम–दक्षिणमा पर्दछ । सहलेश मन्दिरका पुजारी जीतेन्द्र धामीका अनुसार १४ औँ शताब्दीका राजा सलहेसको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप यहाँ प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको छ । यहाँ नयाँ वर्षको एक दिनमात्र हारमको रुखमा सुनाखरी फूल फुल्ने र सोही दिन साँझ परेसँगै ओइलाउने किम्वदन्ती छ । त्यही फूल हेर्न तथा मन्दिरमा पूजापाठ गर्न धार्मिक पर्यटक आउने गरेका छन् ।

राजा सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तानप्राप्ति, चर्मरोग, कुष्ठरोगलगायत रोग नाश हुने जनविश्वास छ ।

सरकारले सहलेसलाई धार्मिक पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिसकेको छ । स्थानीय, प्रदेश तथा नेपाल सरकार र यस क्षेत्रमा क्रियाशील सरोकारवाला सङ्घ संस्थाले फूलबारी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना बनाएर काम गर्नुपर्नेमा सिरहा उद्योग वाणिज्य सङ्घ अध्यक्ष विकास सारडाले जोड दिनुभएको छ । रासस