२८ मंसिर २०८२, आईतवार
,
Latest
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’ कर वक्यौता चुलिँदैः ९४ अर्ब ९५ करोड रुपैयाँ कर उठेन एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको उत्साहपूर्ण चहलपहल चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन भारत भ्रमणको पहिलो दिन मेसीले के–के गरे ? गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग एकै दिन सुन २२ सय रुपैयाँले बढ्यो एमाले केन्द्रीय कमिटी बैठक सुरु हराउँदै परम्परागत पञ्चेबाजा बजाउने चलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात नभएको योसिद्य उठाइयो, साँझ ५५ हात लामो योसिद्यः ठड्याइँदै



अ+ अ-

भादगाउँ । यहाँको प्रसिद्घ बिस्का जात्राको चौथो दिन आइतबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिद्यः (हात नभएको लिङ्गो) ठड्याइएको छ ।

त्यसैगरी आज साँझ यसीँख्यमा ५५ हात लामो योसिद्यः ठड्याइँदै छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने   योसिद्यःकोे टुप्पोमा प्रसादको रुपमा हरियो घाँस र फूल राखिन्छ ।

प्रत्येक वर्ष चैत्र मसान्तका दिन  योसिद्यः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्राअन्तर्गत योसिद्यःको जात्रा सम्पन्न हुन्छ । योसिद्यःलाई वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ । जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थानले जनाएको छ । रासस