३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पाँचौँ हप्तामा ‘अञ्जिला’, गत वर्षको उत्कृष्ट पाँचमा समावेश

पाँचौँ हप्तामा ‘अञ्जिला’, गत वर्षको उत्कृष्ट पाँचमा समावेश
अ+ अ-

काठमाडौं। गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’ पाँचौँ हप्ता प्रवेश गरेको छ । यो चलचित्रको लोकप्रियता कायम रहिरहँदा पाँचौँ हप्ताको पहिलो दिन करिब ५० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको भन्दा पचास प्रतिशत मात्र कम हो ।

मिलन चाम्स निर्देशित ‘अञ्जिला’ले यो हप्तादेखि दुई चर्चित नेपाली चलचित्रहरू तथा केही विदेशी चलचित्रहरूसँगै हलमा रिलिज हुनुपर्नेछ । नेपाली दर्शकको रोजाइमा परिरहेको ‘अञ्जिला’ गत वर्षको उत्कृष्ट ५ सूचीमा परिसकेको छ । यसको व्यापार कायम रहेको हुँदा सूचीमा उकालो लाग्ने सम्भावना कायमै छ ।

यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । एन्जिला अघिल्लो हप्ता ग्रिसबाट नेपाल आई देशभरका दर्शकलाई प्रत्यक्ष भेटेकी थिइन् । उनले हाल ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । प्रचार सकेर उनी पुनः ग्रिस फर्किसकेकी छिन् ।

यस चलचित्रमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।