२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचौँ हप्तामा ‘अञ्जिला’, गत वर्षको उत्कृष्ट पाँचमा समावेश



अ+ अ-

काठमाडौं। गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’ पाँचौँ हप्ता प्रवेश गरेको छ । यो चलचित्रको लोकप्रियता कायम रहिरहँदा पाँचौँ हप्ताको पहिलो दिन करिब ५० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको भन्दा पचास प्रतिशत मात्र कम हो ।

मिलन चाम्स निर्देशित ‘अञ्जिला’ले यो हप्तादेखि दुई चर्चित नेपाली चलचित्रहरू तथा केही विदेशी चलचित्रहरूसँगै हलमा रिलिज हुनुपर्नेछ । नेपाली दर्शकको रोजाइमा परिरहेको ‘अञ्जिला’ गत वर्षको उत्कृष्ट ५ सूचीमा परिसकेको छ । यसको व्यापार कायम रहेको हुँदा सूचीमा उकालो लाग्ने सम्भावना कायमै छ ।

यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । एन्जिला अघिल्लो हप्ता ग्रिसबाट नेपाल आई देशभरका दर्शकलाई प्रत्यक्ष भेटेकी थिइन् । उनले हाल ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । प्रचार सकेर उनी पुनः ग्रिस फर्किसकेकी छिन् ।

यस चलचित्रमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।