६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकमा नेपालले कुवेतलाई हरायो



अ+ अ-

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकमा नेपालले कुवेतलाई हराएको छ ।

जितका लागि १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेट गुमाउदै पुरा गर्यो । नेपालको जितमा ओपनर भुर्तेलले उत्कृष्ट खेले । उनले ५० बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ८१ रन बनाए । अर्का ओपनर आशिफ शेखले ३८ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ५३ रन बनाए ।

यस्तै, दिपेन्द्र सिंह ऐरीले १२ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै ३१ रन बनाउदा कुशल मल्ल ४ रन बनाएर आउट भए । गुल्शन झा ९ र रोहित पौडेल ४ रनमा अविजित रहे ।

यसअघि, कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनाएको थियो । कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भवसरले ३५, बिलाल तहिरले ३२, रविजा सान्दरूवनले २६ र उसमान पटेलले १३ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए । यस्तै ललितनारायण राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए ।

 




भर्खरै