३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रसुवामा ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’, दुई दर्जनभन्दा बढी फिल्म प्रदर्शन हुने

रसुवामा ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’, दुई दर्जनभन्दा बढी फिल्म प्रदर्शन हुने
अ+ अ-

काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को चौथो संस्करण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँ पालिकामा हुने भएको छ।

आयोजक सेलिब्रेटी नेपालले बिहिबार रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गर्दै वैशाख ४ देखि ६ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको हो।

प्रत्येक वर्ष फरक-फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, शर्ट फिल्म, डकुमेन्ट्री र कल्चर फिल्महरू प्रदर्शन गर्ने गरिनेछ। साथै नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरू पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए। महोत्सवमा नेपाली चलचित्र प्रदर्शन संगै स्थानीय पर्यटन प्रवर्दन र स्थानीय कला संस्कृतिको प्रचार प्रसार गरिने सापकोटाले बताए। महोत्सव संयोजकमा निर्देशक कमल एक्चै मगर छन्।

महोत्सवमा करिव २ दर्जन फिल्म देखाउने र फिल्मका सम्बन्धित व्यक्तिहरूसंग गाउँले दर्शकले अन्तरक्रिया पनि गर्नेछन्। रसुवा जिल्लामा फिल्म हल समेत नभएकाले फिल्म हेर्न रूचि राख्ने दर्शकहरूलाई महोत्सवले पूर्ण मनोरञ्जन दिनुका साथै फिल्म क्षेत्रको प्रचार प्रसारमा समेत भूमिका खेल्ने आयोजकको विश्वास छ। महोत्सवमा करिब ४ हजार दर्शक उपस्थित गराउने लक्ष्य आयोजकको छ।

महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ। गोसाईकुण्ड गाउँपालिका रसुवाले बार्षिक रुपमा आयोजना गर्दै आएको चौंथो पालिका कप भलिबल प्रतियोगिता पनि बैशाख २ गते देखि ६ गते सम्म हुनेछ।

रसुवा जिल्लाको पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रमले बिसेष महत्व राख्ने र जिल्लालाई देश तथा बिदेशमा समेत चिनाउने आयोजकले दावी गरेको छ।