२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’, दुई दर्जनभन्दा बढी फिल्म प्रदर्शन हुने



अ+ अ-

काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को चौथो संस्करण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँ पालिकामा हुने भएको छ।

आयोजक सेलिब्रेटी नेपालले बिहिबार रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गर्दै वैशाख ४ देखि ६ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको हो।

प्रत्येक वर्ष फरक-फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, शर्ट फिल्म, डकुमेन्ट्री र कल्चर फिल्महरू प्रदर्शन गर्ने गरिनेछ। साथै नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरू पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए। महोत्सवमा नेपाली चलचित्र प्रदर्शन संगै स्थानीय पर्यटन प्रवर्दन र स्थानीय कला संस्कृतिको प्रचार प्रसार गरिने सापकोटाले बताए। महोत्सव संयोजकमा निर्देशक कमल एक्चै मगर छन्।

महोत्सवमा करिव २ दर्जन फिल्म देखाउने र फिल्मका सम्बन्धित व्यक्तिहरूसंग गाउँले दर्शकले अन्तरक्रिया पनि गर्नेछन्। रसुवा जिल्लामा फिल्म हल समेत नभएकाले फिल्म हेर्न रूचि राख्ने दर्शकहरूलाई महोत्सवले पूर्ण मनोरञ्जन दिनुका साथै फिल्म क्षेत्रको प्रचार प्रसारमा समेत भूमिका खेल्ने आयोजकको विश्वास छ। महोत्सवमा करिब ४ हजार दर्शक उपस्थित गराउने लक्ष्य आयोजकको छ।

महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ। गोसाईकुण्ड गाउँपालिका रसुवाले बार्षिक रुपमा आयोजना गर्दै आएको चौंथो पालिका कप भलिबल प्रतियोगिता पनि बैशाख २ गते देखि ६ गते सम्म हुनेछ।

रसुवा जिल्लाको पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रमले बिसेष महत्व राख्ने र जिल्लालाई देश तथा बिदेशमा समेत चिनाउने आयोजकले दावी गरेको छ।