काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउने भएपछि त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।
आज पोखराबाट पूर्वराजा शाह काठमाडौं आउँदा उहाँको स्वागतमा राजावादीको भीड हुने भएपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडाई पारिएको हो ।
विमानस्थलमा टिकट लिएका यात्रु र त्यहाँका स्टाफ बाहेक अरुलाई प्रवेश निषेध गरिएको छ ।

यस्तै, काठमाडौंमा भिडभाड बढ्ने भएपछि प्रहरीले काठमाडौंका मुख्य स्थानको सुरक्षा व्यवस्था समेत कडा पारेको छ । पूर्वराजा शाह आज पोखराबाट काठमाडौं फर्किंदै हुनुहुन्छ ।
उहाँ पोखराबाट समिट एयरको विशेष विमानबाट काठमाडौ आउन तयारी भइरहेको जनाईएको छ । राजावादीहरुले उहाँको स्वागतका लागि विषेश तयारी गरेका छन् ।










