१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा आउने भएपछि विमानस्थलमा सुरक्षामा कडाई



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउने भएपछि त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।

आज पोखराबाट पूर्वराजा शाह काठमाडौं आउँदा उहाँको स्वागतमा राजावादीको भीड हुने भएपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडाई पारिएको हो ।

विमानस्थलमा टिकट लिएका यात्रु र त्यहाँका स्टाफ बाहेक अरुलाई प्रवेश निषेध गरिएको छ ।

यस्तै, काठमाडौंमा भिडभाड बढ्ने भएपछि प्रहरीले काठमाडौंका मुख्य स्थानको सुरक्षा व्यवस्था समेत कडा पारेको छ । पूर्वराजा शाह आज पोखराबाट काठमाडौं फर्किंदै हुनुहुन्छ ।

उहाँ पोखराबाट समिट एयरको विशेष विमानबाट काठमाडौ आउन तयारी भइरहेको जनाईएको छ । राजावादीहरुले उहाँको स्वागतका लागि विषेश तयारी गरेका छन् ।