२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलालाई अधिकारसहितको स्थान दिनेमा नेपाल अगाडिः सभापति देउवा



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिलालाई राज्यका विभिन्न अङ्गमा अधिकारसहित स्थान दिने क्षेत्रमा नेपाल अगाडि रहेको बताउनुभएको छ ।

शनिवार ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यका महत्वपूर्ण पदमा महिलालाई अनिवार्य स्थान दिने बाध्यकारी व्यवस्था अन्य देशमा नभएको जिकिर गर्नुभयो ।

उहाँले सभामुख र उपसभामुख तथा स्थानीय तहका प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिलाको अनिवार्य व्यवस्था गरेर स्थानसहित अधिकार दिएको बताउनुभयो । उहाँले राज्यका महत्वपूर्ण स्थानमा जिम्मेवारी लिने कार्यमा महिलाहरुले थप आत्मविश्वासका साथ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘महिलाको उत्थान मात्र होइन अधिकार दिने मात्र होइन महत्वपूर्ण जिम्मेवारी दिने काममा पनि नेपाल अगाडि बढिरहेको छ । अहिले हरेक पालिकाहरुमा अनिवार्य रुपमा एक जना महिला राखेका छौँ । उपसभामुख, राष्ट्रपति उपराष्ट्रपतिमा पनि महिलालाई पु¥याइ सकेका छौँ ।

देशभर महिलालाई अधिकारसहित स्थान दिएका छौँ । भोलिका दिनहरुमा पनि महिलाहरुले अझ बढी जिम्मेबारी लिने विश्वास लिएको छु । त्यसका लागि महिला विभाग, महिला संघलगायत सम्पूर्ण दिदीबहिनीहरुले एकताबद्ध भएर काम गर्नुस् । हाम्रो देश महिलालाई अधिकार दिने कुरामा अगाडि छ, कुनै पदको दुई जनामध्ये एक जना महिला अनिवार्य हुनैपर्ने बाध्यता नेपालमा मात्रै छ अरु कुनै देशमा पनि यस्तो व्यवस्था वा बाध्यता छैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले घरपरिवार, समाज र राजनीतिको काम गर्न महिलाले धेरै समय खर्च गर्नुपरेको बताउनु भयो । उहाँले राज्यका विभिन्न पदमा महिलाको उपस्थिति अनिवार्य गरिए जस्तै घरायसी कार्यमा महिला र पुरुषले काम गर्ने वातावरण बिस्तारै बन्ने आशय व्यक्त गर्नुभयो ।