११ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल



अ+ अ-

काठमाडौँ। राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीसँग छलफल गरेको छ ।

सभापति पुजा चौधरीले त्रिभुवन विश्वविद्यालयको महत्व र इतिहासबारे धारणा राख्नुभएको छ । बैठकमा प्रा डा राजकुमार पोखरेल, डा नीरञ्जन ओझा, डा विष्णु खनालसँग छलफल भएको थियो ।

समितिका सविच सञ्जय दाहालले विश्वविद्यालयको केन्द्रीय इतिहास विभागको महत्वका विषयमा सांसदले चासोका साथ छलफल गरेको बताउनुभयो ।  रासस