८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु

झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
अ+ अ-

झापा। स्थानीय तहको सङ्ख्या तथा सिमाना हेरफेर गर्ने सम्बन्धमा जिल्लास्तरीय पुनरावलोकन अध्ययन समिति झापाले पहिलो चरणको सर्वपक्षीय छलफल सुरु गरेको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा आज आयोजित छलफलमा झापाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायत सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।

छलफलका क्रममा वक्ताहरूले नेपाल सरकारले जारी गरेको स्थानीय तह पुनरवलोकनसम्बन्धी मापदण्ड संशोधन गर्नुपर्ने धारणा राख्नुभएको छ । यसअघि जिल्ला समन्वय अधिकारी अमृतबहादुर राईले सरकारले जारी गरेको मापदण्डबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

छलफलमा विभिन्न राजनीतिक दलले स्थानीय तहको सिमाना र सङ्ख्याका विषयमा फरकफरक धारणा सार्वजनिक गरेका छन् । हाल झापामा आठ नगरपालिका र सात गाउँपालिका गरी १५ स्थानीय तह छन् ।

सहभागीहरूले स्थानीय तहको सङ्ख्या तथा सिमाना हेरफेर गर्दा बृहत् राजनीतिक सहमति आवश्यक रहेको बताएका छन् । पुनरावलोकन अध्ययन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख विश्वराज बरालले नेपाल सरकारले तय गरेको मापदण्डअनुसार जिल्लाका १५ वटै स्थानीय तह, राजनीतिक दल, समाजका अगुवा, सामाजिक सङ्घसंस्था तथा आमसर्वसाधारणबाट प्राप्त सुझाव समेटेर समिति अगाडि बढ्ने बताउनुभयो ।

पुनरावलोकनसम्बन्धी मापदण्डअनुसार सिमाना हेरफेरका लागि सम्बन्धित स्थानीय तहमा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइ बहुमत आवश्यक पर्ने व्यवस्था छ ।

त्यस्तै, पालिका गाभ्ने (मर्ज) प्रस्ताव साधारण बहुमतबाट पारित गरी प्रदेश सरकारमा सिफारिस गर्नुपर्ने र प्रदेश सरकारले त्यस्तो सिफारिस प्राप्त भएको १५ दिनभित्र सङ्घ सरकारलाई पठाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । रासस