१२ भाद्र २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार



अ+ अ-

सुदूरपश्चिम। कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि औषधि लिन अस्वीकार गरेपछि थप समस्या भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेकामा सुगरको मात्र बढाउने औषधि÷स्लाइन लिनुपर्ने भए पनि डा केसीले अस्वीकार गरिरहेको अस्पतालले जनाएको छ ।

अस्पतालले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार उहाँको रक्तचाप ९०÷६० एमएमएचजी रहेको छ भने रगतमा चिनीको मात्रा न्यून अर्थात् ४२ मिलिग्राम प्रतिडेसिलिटरमा झरेको छ, जसलाई चिकित्सकीय भाषामा ‘हाइपोग्लाइसेमिया’ भनिन्छ । यस्तै, पिसाबमा किटोन बडी देखिएको र रगतमा एसिडोसिससमेत देखापरेको अस्पतालले जनाएको छ ।

डा केसीलाई चक्कर लाग्ने, मांसपेशी बाउडिने (मसल क्र्याम्प्स) तथा कमजोरीका कारण बोल्नसमेत असहज हुने समस्या देखिएको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालका चिकित्सकहरूको नेतृत्वमा गठित चार सदस्यीय उपचार टोलीले उहाँको स्वास्थ्य अवस्थाको २४ सै घण्टा निगरानी गरिरहेको जनाइएको छ ।

लामो समयदेखि मधुमेहको समस्या रहेको र बढ्दो उमेरका कारण पनि उहाँको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको अस्पतालले उल्लेख गरेको छ । रासस