२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल विधेयक अराजकता घटाउन होः नेता ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं जनवर्गीय सङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले सामाजिक सञ्जाल विधेयक मिडिया क्षेत्रको नियन्त्रण गर्न नभई अराजकता घटाउन ल्याउन लागिएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोमा उहाँले विधेयकमा भएका कमजोरी सच्याउन आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “बलियो सरकार भएकै बेला सच्याउँ र कार्यान्वयनमा ल्याउँ, बलियो सरकार भएकै बेला काम गर्न सकिएन भनेपछि गर्न सकिँदैन ।”

नेता ढकालले सरकार दुईपटक ढल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एक पटिक २०८३ असारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार र २०८४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्छ ।”

दुई नेता देउवा र ओलीको समझदारी भएसम्म कसैले बोल्दैमा फरक नपर्ने स्थायी कमिटी सदस्य ढकालले बताउनुभयो । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनलाई स्वस्थ्य र मर्यादित बनाउन मिडियाबाट सहयोगका लागि उहाँले आग्रह गर्नुभयो ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले लोकतन्त्रका लागि स्वतन्त्र मिडिया आवश्यक रहेको बताउनुभयो । उहाँले त्यसैले सामाजिक सञ्जाल विधेयक लोकतन्त्रको पक्षमा र मिडियाको पक्षमा हुने बताउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, एमाले बागमती प्रदेशका उपसचिव भक्तकुमारी लामा, प्रेस चौतारीका नेता विश्वमणि सुवेदी, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, प्रेस सेन्टरका नेता विक्रमरत्न श्रेष्ठ लगायतले प्रेस स्वतन्त्रताको पक्षमा एकताबद्ध हुनपर्नेमा जोड दिनुभयो ।