१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमदैयामा ‘वाटरपार्क’ निर्माण



अ+ अ-

जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयामा १८ हजार स्क्वायर फिट क्षेत्रफलमा वाटरपार्क निर्माण गरिएको छ । मधेस प्रदेशकै ठूलो भनिएको सो वाटरपार्क रु १२ करोड ५० लाखमा निर्माण गरिएको हो । जनकपुर–ढल्केवर छ लेन सडकसँगै रहेको उक्त वाटरपार्क आजबाट सञ्चालनमा आएको छ ।

जानकी फन पार्क एन्ड रिसोर्ट प्रालिअन्तर्गत व्यवसायी गुड्डु जैन, अभिषेक गोयन्का, डा मोनी महतो र खुश्वु जैन सर्राफको लगानीमा निर्मित वाटरपार्कको आज अभिनेत्री प्रियङ्का कार्कीले उद्घाटन गर्नुभयो ।

जानकी फन पार्क एण्ड रिर्सोट प्रालिका प्रबन्ध निर्देशक गुड्डु जैनले जनकपुर आउने पर्यटकलाई लक्षित गरेर वाटर पार्क निर्माण गरिएको बताउनुभयो । “यस भेगको पर्यटकीय विकास र जनकपुर आउने पर्यटकलाई केहीबेर रोक्न वाटर पार्क बनाइएको हो”, उहाँले भन्नुभयो, “गर्मीको सिजनमा वाटर पार्कले शीतलता प्रदान गर्नेछ ।”

उहाँका अनुसार तीन फिटमुनिका बालबालिकालाई प्रवेश निःशुल्क र अन्यको हकमा करबाहेक रु आठ सय ४० प्रवेश शुल्क तोकिएको छ । वाटर पार्कमा एकैसाथ दुई हजार जना अट्ने क्षमता छ । सिद्धार्थ बैंकको ऋण सहयोगमा सो पार्कमा अन्य संरचना समेत निर्माण गरिएका छन् । रासस