२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमदैयामा ‘वाटरपार्क’ निर्माण



अ+ अ-

जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयामा १८ हजार स्क्वायर फिट क्षेत्रफलमा वाटरपार्क निर्माण गरिएको छ । मधेस प्रदेशकै ठूलो भनिएको सो वाटरपार्क रु १२ करोड ५० लाखमा निर्माण गरिएको हो । जनकपुर–ढल्केवर छ लेन सडकसँगै रहेको उक्त वाटरपार्क आजबाट सञ्चालनमा आएको छ ।

जानकी फन पार्क एन्ड रिसोर्ट प्रालिअन्तर्गत व्यवसायी गुड्डु जैन, अभिषेक गोयन्का, डा मोनी महतो र खुश्वु जैन सर्राफको लगानीमा निर्मित वाटरपार्कको आज अभिनेत्री प्रियङ्का कार्कीले उद्घाटन गर्नुभयो ।

जानकी फन पार्क एण्ड रिर्सोट प्रालिका प्रबन्ध निर्देशक गुड्डु जैनले जनकपुर आउने पर्यटकलाई लक्षित गरेर वाटर पार्क निर्माण गरिएको बताउनुभयो । “यस भेगको पर्यटकीय विकास र जनकपुर आउने पर्यटकलाई केहीबेर रोक्न वाटर पार्क बनाइएको हो”, उहाँले भन्नुभयो, “गर्मीको सिजनमा वाटर पार्कले शीतलता प्रदान गर्नेछ ।”

उहाँका अनुसार तीन फिटमुनिका बालबालिकालाई प्रवेश निःशुल्क र अन्यको हकमा करबाहेक रु आठ सय ४० प्रवेश शुल्क तोकिएको छ । वाटर पार्कमा एकैसाथ दुई हजार जना अट्ने क्षमता छ । सिद्धार्थ बैंकको ऋण सहयोगमा सो पार्कमा अन्य संरचना समेत निर्माण गरिएका छन् । रासस