२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादमा परेका समय रैना डिप्रेशनमा !



अ+ अ-

एजेन्सी । भारतीय शो ‘इन्डियाज गेट लेटेन्ट’ को विवाद रोकिएको छैन । शोका होस्ट समय रैनाले आफ्नो युट्युब च्यानलबाट सबै एपिसोड हटाए पनि आलोचना जारी छ ।

यसैबीच युट्युबर श्वेताभ गंगवारले यो सम्पूर्ण मामिलामा समय निकै डराएको र निराश भएको खुलासा गरेका छन् ।

आफ्नो हालै मेटाइएको भिडियोमा, श्वेताभले खुलासा गरे कि उनले हालै समयसँग फोनमा कुरा गरेका थिए, र उनी टुटेको र निराश देखिन्छन् ।

श्वेताभले भने, ‘भाइ, नराम्रोसँग टुटेको छ । जब विवाद सुरु भयो, मैले अझै पनि उनमा पुरानो समयहरू देखेँ, तर जब मैले उनीसँग अन्तिम पटक कुरा गरें, उनी धेरै दुःखी, निराश र डराएको देखिए ।’

उनले समयलाई खुलेर साथ दिन नसकेका कारण आफू सामाजिक सञ्जालबाट टाढिएको समेत बताए । उनले भने, ‘म भावनात्मक रूपमा थकित थिएँ । मेरो साथीलाई यो अवस्थामा देख्न सकिनँ ।’

रणवीर इलाहाबादिया, अपूर्व मुखिजा र आशिष चञ्चलानी लगायत विवादास्पद एपिसोडमा संलग्न अन्य प्यानलहरू पनि विवादबाट चिन्तित भएको श्वेताभले बताए ।